११ महिनामा नेपाल भित्रियो २० अर्ब रूपैयाँको धान र चामल

११ महिनामा नेपाल भित्रियो २० अर्ब रूपैयाँको धान र चामल

विराटनगर । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्म ३० करोड ५३ लाख १० हजार ५२० केजी अर्थात् ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँको धान आयात गरेको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा ८ अर्ब ६९ करोड ६ लाख ८५ हजार रुपैयाँको ८ करोड २७ लाख ६९ हजार ८९ केजी चामल आयात भएको छ । यसैगरी, ८८ करोड ...
विवाह गर्छु भन्दै जबरजस्ती करणी गरी फरार संखुवासभाका युवक पक्राउ

विवाह गर्छु भन्दै जबरजस्ती करणी गरी फरार संखुवासभाका युवक पक्राउ

संखुवासभा । विवाह गर्ने प्रलोभन दिइ एक युवतीलाई जबर्जस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको मकालु गाउँपालिका–५ का ३१ वर्षीय युवक भनिने लीलाबहादुर गुरुङ पक्राउ परेका हुन् । उनलाई सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थित हंश मार्गबाट पक्राउ गरिएको हो । २०७९ चैतमा ती युवकले स्थानीय एक युवतीलाई विवाह गर्छु भन्दै प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको प्रहरीको भनाइ छ । त्यसपछि उनी ...
संखुवासभाको वानामा बन्यो प्रहरीको नयाँ भवन

संखुवासभाको वानामा बन्यो प्रहरीको नयाँ भवन

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका-७ वानामा मा इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माण भएको छ । सातवटा कोठासहितको नयाँ भवन बनेपछि अब सहज हुने भएको छ । नवनिर्मित भवनको आज कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले शिलालेख अनावरण गरी उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले नयाँ भवन उपलब्ध भएसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा मनोबल उच्च हुनुका साथै सुबिधासम्पन्न भव...
एसईईः कोशी प्रदेशमै उत्कृष्ट बनेको विराटनगरको एभरेष्ट स्कुलको दाबी

एसईईः कोशी प्रदेशमै उत्कृष्ट बनेको विराटनगरको एभरेष्ट स्कुलको दाबी

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले यस वर्षको एसईई नतिजाका आधारमा कोशी प्रदेशकै उत्कृष्ट विद्यालय बनेको दाबी गरेको छ । यस वर्ष एभरेष्टका २१२ जना विद्यार्थीले एसईई दिएका थिए । तीमध्ये ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९२ जना रहेको विद्यालयले जनाएको छ । यस्तै, बाँकी ८ जनाले २.८१ देखि ३.२ ...
ओखलढुंगामा पहिरोले पुरिएर घाइते भएका बाबुछोरीलाई काठमाडौं लगियो

ओखलढुंगामा पहिरोले पुरिएर घाइते भएका बाबुछोरीलाई काठमाडौं लगियो

ओखलढुंगा । पहिरोले घरसँगै पुरिएर घाइते भएका बाबु छोरीलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । चिशंखुगढी गाउँपालिका–५ स्थित थुम्कीका ३९ वर्षीय बाबुराम खत्री र उनकी छोरी मेनुका खत्रीलाई उपचारका लागि काठमाडौं पठाइएको । काठमाडौंको टिचिङ अस्पतालमा उनीहरको उपचार गरिने भएको छ । पहिरोले घर पुर्दा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्रीको घटनास्थलमै मृत्यु भएको थियो । बाबुछोरी गम्भीर घाइते ...
एसईई पुरक परीक्षा साउनमा, १ लाख १५ हजार परीक्षार्थीले दिन पाउने

एसईई पुरक परीक्षा साउनमा, १ लाख १५ हजार परीक्षार्थीले दिन पाउने

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा अनुत्तीर्ण हुने विद्यार्थीमध्ये १ लाख १५ हजार ८३४ जनाले पुरक परीक्षा दिन पाउने भएका छन् । पुरक परीक्षा साउन १८ र १९ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले दुई विषय अनुत्तीर्ण (नन ग्रेड) विद्यार्थीलाई पुरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का अध्यक्ष महाश्रम शर्माले एक विषयमा पुरक परीक्षा दिन पाउने विद्या...
मदिरा पिएर हल्ला गरेपछि दुबई जान लागेका राजेशपायल राईलाई जहाजबाट ओरालियो

मदिरा पिएर हल्ला गरेपछि दुबई जान लागेका राजेशपायल राईलाई जहाजबाट ओरालियो

विराटनगर । दुबई जान लागेका गायक राजेशपायल राईलाई प्रहरीले जहाजबाट ओरालेर फर्काइदिएको छ । अत्यधिक मदिरा पिएर जहाजभित्र होहल्ला गरेको विमानका कर्मचारीले सूचना दिएपछि प्रहरीले उनलाई त्रिभुवन विमानस्थलमै रोकेको हो । बोर्डिङ पास भइसकेर जहाजमा समेत पुगिसकेका उनले होहल्ला गर्न थालेपछि प्रहरीले ओरालेको थियो । फ्लाई दुबईको जहाजमार्फत् दुबई जान लागेका राई विमानस्थलमा रोकिएका विमानस्थल सुरक्षा कार्यालयक...
घरेलु रक्सीलाई ‘तीनपाने’ नाममा ब्रान्डिङ गर्न सांसदको प्रस्ताव

घरेलु रक्सीलाई ‘तीनपाने’ नाममा ब्रान्डिङ गर्न सांसदको प्रस्ताव

विराटनगर । नेपाली ‘लोकल’ रक्सीलाई ब्रान्डिङ गर्ने सरकारको योजनाको समर्थन गर्दै एकजना संघीय सांसदले त्यसको नाम तीनपाने रक्सी राख्न प्रस्ताव गरेकी छन् । नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यस्तो प्रस्ताव राखेकी हुन् । सरकारले आगामी आर्थिक बर्ष २०८१–८२ को बजेटमा लोकल रक्सीको ब्रान्डिङ गर्ने भनेको छ । यसको समर्थन गर्दै एमाले सांसद श्रेष्ठले नेपाली ब्रान्डक...
कोशी प्रदेशबाट एसईईमा ३९ हजारभन्दा बढी परीक्षार्थी अनुतीर्ण

कोशी प्रदेशबाट एसईईमा ३९ हजारभन्दा बढी परीक्षार्थी अनुतीर्ण

विराटनगर । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कोशी प्रदेशबाट ३९ हजारभन्दा बढी परीक्षार्थी अनुतीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार कोशीका विभिन्न जिल्लाका गरी ३९ हजार ८९५ जना परीक्षार्थी अनुतीर्ण भएका हुन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कोशी प्रदेशबाट कुल ७५ हजार ९८८ परीक्षार्थी सहभागी भएका थिए । यसैगरी, मधेस प्रदेशबाट कुल ७९ हजार ५९२ परीक...
मिस कोशीको उपाधिका लागि २६ जना भिड्दै

मिस कोशीको उपाधिका लागि २६ जना भिड्दै

विराटनगर । आठौँ संस्करणको ‘मिस कोशी–२०२४’ प्रतियोगिताको फाइनल असार अन्तिम साता हुने भएको छ । प्रतियोगिताको उपाधिका लागि फाइनलमा २६ जनाले प्रतिस्पर्धा गर्दैछन् । फाइनलमा गोर्खाकी सबिता भट्ट, मोरङ मिक्लाजुङकी रिया आचार्य, बेलबारीकी, हेखाङ चामलिङ राई, इटहरीकी एलिजा केशी, संस्कृति ओझा, स्वस्तिका राई, कल्पना सहनी, शुभलक्ष्मी राई, बबिना मगर, कटहरीकी सन्जना कुमारी राजबंशी, भोजपुरकी आलिया राई, निकिता र...
एसईईः खोटाङ, इलाम र भोजपुरका ६ परीक्षार्थीको परीक्षा रद्द

एसईईः खोटाङ, इलाम र भोजपुरका ६ परीक्षार्थीको परीक्षा रद्द

विराटनगर । यो वर्षको एईईमा कोशी प्रदेशका सहित विभिन्न १३ जिल्लाका २२० जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार इलामका २, खोटाङका ३ र भोजपुरका एकजना विद्यार्थीको परीक्षा रद्द गरिएको हो । यसैगरी, दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ । रौतहटका १, महोत्तरीका ...
पर्यटन ‘हब’ बन्दै धनकुटा, पूर्वाधारमा लगानी बढाउँदै प्रदेश सरकार

पर्यटन ‘हब’ बन्दै धनकुटा, पूर्वाधारमा लगानी बढाउँदै प्रदेश सरकार

धनकुटा । पूर्वको मनोरम पर्यटकीय गन्तव्य हो– धनकुटाको भेडेटार । यहाँ दैनिक पर्यटकको आवतजावत चलिरहने भएकाले दर्जनौँ होटल व्यवसाय सञ्चालन हुँदै आएका छन् । आन्तरिक तथा बाह्य पर्यटकहरूले भेडेटार दैनिकजसो भरिभराउ हुने गर्दछ । भेडेटारमा पर्यटकलाई आकर्षित गर्न वार्षिक रूपमा खाना महोत्सवको आयोजना समेत गरिँदै आइएको छ । विशेषतः यस क्षेत्रमा भारतीय पर्यटकहरू आउने क्रम बढेको छ । साँगुरीगढी गाउँपालिका–६, स्थ...
एसईईको नतिजा सार्वजनिकः ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईको नतिजा सार्वजनिकः ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा दिएकामध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । उत्तीर्ण भएकामध्ये ४ जीपीए ल्याउनेको संख्या १८६...
पूर्वमा मनसुनजन्य घटना: २४ जनाको मृत्यु

पूर्वमा मनसुनजन्य घटना: २४ जनाको मृत्यु

विराटनगर । यस वर्षको मनसुन भित्रिएपछि सुरुआती दिनमै कोशी प्रदेश बढी प्रभावित भएको छ । पहाडी क्षेत्रमा पहिरो अनि तराईमा भलबाढीका कारण धनजनको क्षति हुने क्रम बढेको छ । कतिपय स्थानमा चट्याङका कारण पनि मानिसहरुले ज्यान गुमाएका छन् । मनसुन सुरुभएयता यससँग सम्बन्धित घटनामा परी हालसम्म कोशी प्रदेशका विभिन्न जिल्लामा गरी २४ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो र चट्याङका कारण त्यति संख्यामा मानिसको मृ...
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा प्रवेश

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा प्रवेश

विराटनगर । दक्षिण अफ्रिका जारी आईसिसी टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका उपाधि निकट पुगेको हो । ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे । ओपनर क्विन्टन डि कक ती...
इलाम–झापा सीमा क्षेत्रमा हात्ती मृत भेटियो

इलाम–झापा सीमा क्षेत्रमा हात्ती मृत भेटियो

इलाम । इलामको रोङ गाउँपालिका र झापा बाहुनडाँगीको सीमा क्षेत्रमा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । हात्ती मृत अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । स्थानीय गणेश अर्यालका अनुसार इलामको रोङ गाउँपालिका वडा नम्बर ५ र ६ को सीमासँग जोडिएको झापाको बाहुनडाँगीतिर हात्ती मृत अवस्थामा फेला परेको हो । के कारणले हात्ती मरेको हो भन्ने खुलेको छैन । हात्तीको शरीरमा चो...
२०८१ असार १३ गते बिहीबार/आजको राशिफल

२०८१ असार १३ गते बिहीबार/आजको राशिफल

बि.सं.२०८१ असार १३ गते बिहीबार ई.सं.२०२४ जून २७ नेपाल सम्वत् ११४४ तछलागा षष्ठी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण षष्ठी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, आयुष्मान योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्र...
चिसो चुलो, चिसै ओछ्यान… (फोटो फिचर)

चिसो चुलो, चिसै ओछ्यान… (फोटो फिचर)

विराटनगर । भारी वर्षाका कारण विराटनगरका धेरै स्थान डुबानमा परेका छन् । डुबानका कारण धेरै घरपरिवार समस्यामा परेका छन् । समयमै नाला सफा नगर्दा घरभित्र पानी पसेको स्थानीय बताउँछन् । विराटनगर–६ रामपुरको धुदुवा पैनी सफा नहुँदा बस्तीमा बाढी पसेको उनीहरुको भनाइ छ । विराटनगर–६ की मीनादेवी पासवान घरमा पानी पसेका कारण बस्न समस्या भएको बताउँछिन् । वडा कार्यालयले नाला सफा गर्न चासो नदिँदा घरमा पानी पसेको...
खोलाले बगाउँदा मोरङको रंगेलीमा एकजना बेपत्ता

खोलाले बगाउँदा मोरङको रंगेलीमा एकजना बेपत्ता

विराटनगर । मोरङको रंगेलीमा खोलाले बगाउँदा आज एकजना स्थानीय बेपत्ता भएका छन् । रंगेली नगरपालिका–४ स्थित घागी खोलाले बगाएर ४५ वर्षीय नागेन मण्डल बेपत्ता भएको प्रहरीले जनाएको छ । साथीहरुसहित खोला तर्ने क्रममा मण्डल बगेर बेपत्ता भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका तीनजना साथी भने सकुशल छन् । बेपत्ता मण्डलको स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहर...
विराटनगर विमानस्थल क्षेत्रमा बाढी पसेपछि हवाई सेवा अवरुद्ध

विराटनगर विमानस्थल क्षेत्रमा बाढी पसेपछि हवाई सेवा अवरुद्ध

विराटनगर । नजिकैको खोलाबाट आएको बाढी पसेपछि विराटनगर विमानस्थलबाट हुने हवाई उडान आज दिउँसोसम्म अवरुद्ध भएको छ । स्थानीय बस्ता खोलाको बाढी विमानस्थल क्षेत्रमा प्रवेश गरेपछि उडान प्रभावित भएको हो । विमानस्थलको पार्किङ क्षेत्रमा भलबाढी पसेको नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमानस्थलको केही भाग डुबानमा परेको छ । धावनमार्गमा भने समस्या नरहेको कार्यालयले जनाएको छ । विराटनगरबाट दैनिक औसत १८ वटा उ...
खोटाङ घर भएका प्रहरी जवानको हत्यामा संलग्न ६ जना थुनामा

खोटाङ घर भएका प्रहरी जवानको हत्यामा संलग्न ६ जना थुनामा

विराटनगर । खोटाङको मझुवागढी घर भएका ३२ वर्षीय ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न रहेको आरापमा पक्राउ परेकामध्ये ६ जनालाई थुनामा पठाइएको छ । काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा कार्यरत ट्राफिक प्रहरी जवान गत जेठ ३ गते हत्या भएको थियो । हत्या आरोपमा कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाइएका ७ जनामध्ये ६ जनालाई थुनामा पठाइएको हो । एकजना १६ वर्षभन्दा कम उमेरको रहेकाले परिवारको जिम...
भलबाढीले विराटनगरका दर्जनौं परिवार प्रभावित, विस्थापितलाई सुरक्षित स्थानमा सारिँदै

भलबाढीले विराटनगरका दर्जनौं परिवार प्रभावित, विस्थापितलाई सुरक्षित स्थानमा सारिँदै

विराटनगर । निरन्तर वर्षाका कारण मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाका कम्तीमा ३६ परिवार विस्थापित भएका छन् । प्रभावित क्षेत्र पुगेर स्थलगत अनुगमन गर्ने काम जारी रहेकाले प्रभावित परिवारको यकिन संख्या संकलन भइनसकेको प्रहरीले जनाएको छ । बाढी र डुबानबाट दर्जनौं परिवार प्रभावित भएको अनुमान गरिएको छ । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगर–८ का १० परिवार विस्थापित भएको प्रहरील...
एसईईको नतिजा आजै सार्वजनिक हुने

एसईईको नतिजा आजै सार्वजनिक हुने

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । यसअघि शुक्रबारभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको बताएको बोर्डले कुनै प्राविधिक समस्या नआएमा आजै सार्वजनिक गर्ने जनाएको हो । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार कुनै समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने छ । गत वर्षको एसईईक...
ओखलढुंगामा पहिरोले घर बगाउँदा महिलाको मृत्यु, श्रीमान् र छोरी घाइते

ओखलढुंगामा पहिरोले घर बगाउँदा महिलाको मृत्यु, श्रीमान् र छोरी घाइते

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढीमा पहिरोले गएराति घर बगाउँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । शिंखुगढी गाउँपालिका–५ मा झरेको पहिरोले घर बगाउँदा स्थानीय ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण खड्काले संगालोखबरलाई दिएको जानकारी अनुसार मृतकका श्रीमान् बाबुराम खत्री र छोरी मेनुका खत्री पहिरोमा परी घाइते भएका छन् । पहिरोमा स्था...
अत्यधिक वर्षाको असरः विराटनगरका अधिकांश विद्यालय आज बिदा

अत्यधिक वर्षाको असरः विराटनगरका अधिकांश विद्यालय आज बिदा

विराटनगर । अत्यधिक वर्षाले विराटनगरको जनजीवन प्रभावित बनेको छ । गएरातिदेखि भइरहेको निरन्तर वर्षाका कारण महानगरका धेरै क्षेत्र जलमग्न बनेका छन् । वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि महानगरका विद्यालयहरुले आज एक दिनका लागि बिदा दिएका छन् । धेरैतिर डुबान भएकाले विद्यार्थीहरुलाई आउन समस्या हुने साथै कतिपय विद्यालय समेत डुबानमा परेपछि बिदा दिइएको हो । विराटनगर–५ स्थित एभरेस्ट स्कुललगायत विद्...
सर्पदंश र डुबेर झापामा दुई बालबालिकाको मृत्यु

सर्पदंश र डुबेर झापामा दुई बालबालिकाको मृत्यु

झापा । झापाका बेग्लाबेग्लै स्थानमा डुबेर तथा सर्पदंशले दुई बालबालिकाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१४ को फुलबासा खोलामा डुबेर हिजो साँझ स्थानीय बामरा सन्थालका २० महिने छोरा रिहानको मृत्यु भएको प्रहरीले जनाएको छ । खेल्न घरबाहिर निस्किएका उनी निकै बेरसम्म नआएपछि खोजी गरिएको थियो । त्यस क्रममा फुलबासा खोलामा तैरिरहेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैग...
आज दिउँसो र राति कोशीका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

आज दिउँसो र राति कोशीका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

विराटनगर । मनसुन सक्रिय हुँदा यसको प्रभाव बढ्दै जान थालेको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा मनसुनको बढी प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनअघि पूर्वमा मात्र सक्रिय बनेको मनसुन देशभर फैलने क्रममा छ । अझै पनि बढी प्रभाव भने कोशी प्रदेशमै देखिएको छ । मोरङ, सुनसरी, झापालगायत कोशीका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । बाढीका कारण धनजनको क्षति हु...
२०८१ असार १२ गते बुधबार/आजको राशिफल

२०८१ असार १२ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ असार १२ गते बुधबार ई.सं.२०२४ जून २६ नेपाल सम्वत् ११४४ तछलागा पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण पञ्चमी, चन्द्रमा कुम्भ राशिमा, धनिष्ठा नक्षत्र, विषकुम्भ योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै द...
फेला परेनन् बुढीखोलाले बगाएका सासु-बुहारी

फेला परेनन् बुढीखोलाले बगाएका सासु-बुहारी

विराटनगर । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले बगाएर बेपत्ता भएका मोरङको सुन्दरहरैँचाका दुईजना महिला अझै फेला पर्न सकेका छैनन् । बाढीले हिजो अपराह्न एकै परिवारका चार जनालाई बगाएको थियो । माछा मार्ने क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजनालाई बगाउँदा एकजनाको मृत्यु भएको थियो । बगेर स्थानीय २२ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बेपत्ता हुन...
विराटनगरसहित आसपास क्षेत्रमा रातिदेखि भारी वर्षा, अधिकांश क्षेत्र जलमग्न

विराटनगरसहित आसपास क्षेत्रमा रातिदेखि भारी वर्षा, अधिकांश क्षेत्र जलमग्न

विराटनगर । विराटनगर महानगरसहित मोरङका विभिन्न स्थानमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण नगरका अधिकांश क्षेत्र जलमग्न भएका छन् । राति करिब २ बजेदेखि व्यापक मेघ गर्जनसहित वर्षा भइरहेको हो । महानगरका विभिन्न क्षेत्रमा रहेका घरहरुको भुइँतलामा पानी पसेर जलमग्न बनेको भन्दै कतिपय स्थानीय बासिन्दाहरुले सामाजिक सञ्जालमा जानकारी दिइरहेका छन् । विराटनगर–४ की कृष्णा अधिकारीले रातिदेख...
विवादका बीच इटहरी उपमहानगरले ल्यायो ३ अर्ब ५७ करोडको बजेट

विवादका बीच इटहरी उपमहानगरले ल्यायो ३ अर्ब ५७ करोडको बजेट

सुनसरी । इटहरी उपमहानगरपालिकाले विवादका बीचमा आर्थिक वर्ष २०८१–८२ को बजेट ल्याएको छ । सोमवार राति १० बजे इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोखरेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट प्रस्तुत गरेका हुन् । एमालेबाट निर्वाचित उपप्रमुख, वडाध्यक्षसहितका सदस्यहरूले नगरसभा बहिष्कार गरेपछि सभा विवाद भएको थियो । सभाको बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू मात्र उपस्थित थिए । नगरसभामा काय...
error: Content is protected !!