संगालोखबर


विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल सङ्घ तथा खेल संस्थाहरूको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन २०८१ पारित गरेको छ । सामाजिक विकास मन्त्रालयमा बसेको बोर्डको २४ औँ बैठकले मार्गनिर्देशन पारित गरेको हो ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले मार्गनिर्देशन पारित गरेको हो । मार्गनिर्देशनले खेलकुद विकास बोर्डलाई प्रदेशमा सक्रिय रहेका खेल सङ्घ तथा संस्थासँगको सम्बन्ध झनै बलियो बनाउने बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले बताए ।

Advertisement

बोर्डले पारित गरेको मार्गनिर्देशनले प्रदेशमा रहेका खेल संस्थाको अभिलेखन तथा तथ्याङ्क सङ्कलनका लागि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

बोर्ड बैठकले राष्ट्रिय कराँते प्रशिक्षक मो सिद्धिकी ताज बबरको उपचारका लागि आर्थिक सहयोग गरिदिन प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!