
विराटनगर । विराटनगरको ग्रिनल्याण्ड कलेजलाई ‘उत्कृष्ट शैक्षिक संस्था २०८२’ द्वारा सम्मान गरिएको छ । चन्द्रलोक प्रतिष्ठान नेपालद्वारा प्रदान गरिएको उक्त सम्मान काठमाडौँमा आयोजित एक समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हस्तान्तरण गरेका हुन् ।
कलेजले मेडिकल, इन्जिनियरिङ र सिम्याट प्रवेश परीक्षामा उपत्यकाबाहिरकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको आधारमा सम्मान गरिएको जनाइएको छ ।
सम्मानपछि कलेजले एक विज्ञप्ति जारी गर्दै यो उपलब्धिमा महत्वपूर्ण भूमिका खेल्ने शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, शुभचिन्तक तथा समाजप्रति आभार प्रकट गरेको छ ।

संगालोखबर 













