संगालोखबर
सांकेतिक तस्बीर

विराटनगर । मोरङको रंगेलीमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले हवाइ फायर गरेको छ । दुई राउन्ड हवाइ फायर गरेर तीन जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरलाई जानकारी दिइन् ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका-८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही स्थानका ३८ वर्षीय सुशिल बुढाथोकी र एक भारतीय महिला छिन् । उनको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले उनीहरूको साथबाट ४२५ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!