
विराटनगर । उदयपुरमा जेसीबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कटारी नगरपालिका-८ दमार स्थित सिद्धिचरण लोकमार्गमा काम गर्ने क्रममा जेसीबी दुर्घटना भएको हो ।
दुर्घटनामा जेसीबी चालक कटारी-१० का २२ वर्षीय नवीन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार को १ क २७९५ नम्बरको जेसीबी ब्याक गर्ने क्रममा अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खस्दा चालकको ढाडमा चक्काले किचेको थियो । जेसीबी घटनास्थलमै रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।