विराटनगर । कोशी प्रदेश ब्याडमिन्टन संघको अधिवेशनको मिति तय भएको छ । शनिबार कोशी प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिका संयोजक भोगेन्द्र थापाको अध्यक्षतामा इटहरीमा बसेको प्रथम बैठकले अधिवेशनको मिति तय गरेको हो ।
बैठकले आगामी भदौ २१ गते धनकुटाको हिलेमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थापाले जानकारी दिए । उनका अनुसार अधिवेशन सम्पन्न गर्न गोविन्द खत्रीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको छ ।
यस्तै बैठकले विभिन्न निर्णय गर्दै उपसमिति गठन गरेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले असार १७ गते थापाको संयोजकत्वमा १५ सदस्यीय कोशी प्रदेश ब्याडमिन्टन संघको तदर्थ समिति गठन गरेको हो । सोही अनुसार विभिन्न गतिविधि अघि बढाइएको थापाले जानकारी दिए ।