संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । भोजपुरको पौवादुङ्मा गाउँपालिका-३ मा एक २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय रोशन विक र २२ वर्षीय दीपेश राई छन् ।

युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी च्याङ्ग्रेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गएराति पक्राउ गरेको हो ।

Advertisement

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!