
धनकुटा । धनकुटाबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिकाका २४ वर्षीय हरिकुमार राई छन् ।
आज दिउँसो साँगुरिगढी गाउँपालिका-६ भेडेटार चोकमा तेह्रथुमबाट दमकतर्फ जाँदै गरेको बा ५ ख ५८७७ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्दा गाँजा फेला परेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
उनले बोकेको भिर्ने झोला र बसको डिकीमा समेत गरेर जम्मा ६ किलो गाँजा बरामद भएको डीएसपी खनालको भनाइ छ । उनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।