मोरङको ग्रामथानमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-६ सोमबारेमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । नेता चोकबाट झोराहाटतर्फ आउँदै गरेको को २२ प ९९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानका ६० वर्षीय अनन्तराम खवासको मृत्यु भएको हो ।
प्रहरीका अनुसार खवास बाटो क्रस गर्दै थिए । सोही क्रममा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएकोमा चिकित्सकले मृत घो...


























