
विराटनगर । जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा प्रथम भएको छ । मंगलबार गृह मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार ३२ पूर्णाङ्कको मूल्याङ्कनमा पहिलो स्थानको धनकुटाले ३०.०६२५ अङ्क प्राप्त गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमास (वैशाखदेखि असारसम्म)को कार्यसम्पादन मूल्याङ्कनको आधारमा ७६ जिल्लालाई पछाडि पार्दै धनकुटा प्रथम भएको हो ।
यस्तै यसअघि ५८ औं स्थानमा रहेको मोरङ जिल्ला ७ औं स्थानमा आएको छ । मोरङले २९.२५ अङ्क पाएको छ ।
शान्ति सुरक्षा, विपद् व्यवस्थापन, समन्वय, सेवा प्रवाहलगायतका सूचकहरूको आधारमा जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्याङ्कन हुने गरेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

संगालोखबर 













