इन्दु साह/संगालोखबर


विराटनगर । विराटनगरको वीरेन्द्र सभागृहमा कोशी प्रदेश सभा सञ्चालन गर्ने निर्णय भएको छ । कोशी प्रदेश सभा सचिवालय व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट प्रदेश सभा ध्वस्त भएपछि अस्थायी भवनका रूपमा वीरेन्द्र सभागृह छानिएको हो ।

Advertisement

प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार सोमबार बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले सभागृह छनोट गरेको हो । यसअघि कटहरीको कृषि बजारलाई पनि विकल्पमा राखिएको थियो ।

वीरेन्द्र सभागृह छनोट भएसँगै समितिले भवन भाडामा लिन आवश्यक बजेट व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । यस्तै भवन प्रयोगका लागि विराटनगर महानगरसँग जीटुजी प्रक्रिया अपनाउने तयारी गरिएको जनाइएको छ ।

कोशी प्रदेशसभाको सातौँ अधिवेशन असोज १० गते अन्त्य भएको थियो । आठौँ अधिवेशन वीरेन्द्र सभागृहमा सञ्चालन गर्ने गरी तयारी सुरु भएको सचिवालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!