संगालोखबर


विराटनगर । मोरङको धनपालथान गाउँपालिका-६ कदमाहाको उखुबारीमा फेला परेकी नाबालिकालाई आश्रममा बुझाइएको छ । अभिभावक पत्ता नलागेपछि संरक्षणका लागि विराटनगर-१३ स्थित पूर्वाञ्चल बाल सेवा आश्रममा बुझाइएको हो ।

‘अभिभावकहरू अहिलेसम्म पत्ता लागेको छैन । अभिभावक पत्ता नलागुन्जेलसम्मका लागि संरक्षणका लागि संस्थाको जिम्मा लगाएका छौँ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरसँग भनिन्, ‘अभिभावक खोज्ने काम भइरहेको छ ।’

Advertisement

मंगलबार साँझ करिब ६ः३० बजे स्थानीयले शम्भुप्रसाद यादवको उखुबारीमा ६/७ महिनाकी नाबालिका फेला पारेका थिए । उनलाई कसले किन छाड्यो भन्ने विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन ।

‘त्यहाँका स्थानीयले उखुबारीमा भेटेर ल्याएको भनेर घरमा ल्याएपछि प्रहरीलाई खबर गरेका थिए’, चुडालले भनिन्, ‘उखुबारी मै भेट्न पाएको भए एउटा अनुमान हुन्थ्यो । घरमा ल्याएर खबर गरेका कारण थप कुरा खुल्न बाँकी छ ।’

घाँस काट्न जाँदा उखुबारीमा बच्चा रोएको सुनेपछि उद्धार गरेर घर ल्याएको स्थानीयले बताएको डीएसपी चुडालले जानकारी दिइन् । यस सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!