उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
विराटनगर । उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । कटारी नगरपालिका-१ नौडाँडा स्थित सिद्धिचरण लोकमार्गमा मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको प्रदेश २-०१-००३ प १३०४ नम्बर मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक कटारी-७ का २३ वर्षीय रविन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाड...



























