पथरीको पञ्चायत माविमा नगरस्तरीय उत्प्रेरणा कार्यक्रम हुने

पथरीको पञ्चायत माविमा नगरस्तरीय उत्प्रेरणा कार्यक्रम हुने

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ स्थित पञ्चायत माध्यमिक विद्यालयमा तीन दिने पि.टि. (फिजिकल ट्रेनिङ) प्रशिक्षण कार्यक्रम हुने भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भोलिबाट प्रशिक्षण कार्यक्रम हुन लागेको हो । नगरभित्रका २८ वटा सामुदायिक विद्यालय, विद्यालय व्यवस्थापन समिति, प्रशासन, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई एक ठाउँ राखेर कार्यक्रम गर्ने जनाइएको छ । क...
झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । झापामा बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान शिवसताक्षी नगरपालिका-१ स्थित कमल पुलमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिएको थियो । बोलेरोको ठक्करबाट मोटरसाइकल चालक शिवसताक्षी-८ का ३५ वर्षीय ललितबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका थापाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ ज...
उपनिर्वाचन : ग्रामथानको लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

उपनिर्वाचन : ग्रामथानको लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

विराटनगर । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन सामग्री विराटनगर आइपुगेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सामाग्री प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आइपुगेको हो । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार बिहिबार मतपत्र र मतपेटिकालगायतका आवश्यक सामग्री मतदान केन्द्रमा लगिने छ । उपनिर्वाचनका लागि ग्रामथानमा २६ हजार ४४ ...
सामाजिक सुरक्षा कोषले विराट मेडिकल कलेजलाई गर्यो सम्मान

सामाजिक सुरक्षा कोषले विराट मेडिकल कलेजलाई गर्यो सम्मान

विराटनगर । सातौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर सामाजिक सुरक्षा कोषले आज मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताललाई सम्मान गरेको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमध्ये आर्थिक बर्ष २०८०/०८१ मा कोशी प्रदेशबाट सबैभन्दा धेरै बिरामीलाई सामाजिक सुरक्षा कोष अन्तर्गत स्वास्थ्य सेवा उपलब्ध गराएबापत कोषले विराटलाई सम्मान गरेको हो । दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्...
ग्रामथानको अध्यक्षमा कसले मार्ला बाजी ? तीन दलका उम्मेदवारको यस्तो छ दाबी

ग्रामथानको अध्यक्षमा कसले मार्ला बाजी ? तीन दलका उम्मेदवारको यस्तो छ दाबी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । चोकदेखि गल्लीसम्म, घरदेखि खेतीसम्म उम्मेदवार, नेता, कार्यकर्ता र समर्थकको लर्को देखिन्छ । बिहानदेखि बेलुकासम्मै दुई हात जोड्दै, पर्चापम्पलेट बाँड्दै, दलगत चुनावी गीत घन्काउँदै घरदैलो अभियान चलिरहेको छ । काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि देशका विभिन्न स्थानसँगै ग्रामथानमा पनि मंसि...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । हिजो विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३८ वर्षीय सन्देश बस्नेतलाई घरबाट नै पक्राउ गरेको छ । ट्रामाडोल चार हजार नौ सय ३० क्याप्सुल, स्पास्पेन पाँच हजार २६ क्याप्सुल र डिक...
सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ लौकही बजारबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । भारत बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैँचा नगरपालिकाका २० वर्षीय  सन्देश उराव पक्राउ परेका हुन् । उनीहरूको साथबाट एक हजार दरको चार थान नक्कली नोट फेला पारिएको प्रहरीले जनाएको छ । १० मंसिरको राति आठ बजेतिर लौकही बजारमा रहेको मनिष किराना पसलमा उनीहरूले सामान किनेका थिए । सो क्रममा उनीहरूले प...
इटहरीबाट ३०९ किलो गाँजा बोकेको स्कारपियो प्रहरी नियन्त्रणमा

इटहरीबाट ३०९ किलो गाँजा बोकेको स्कारपियो प्रहरी नियन्त्रणमा

सुनसरी । इटहरी उपमहानगरपालिका-२० पानीपिया जङ्गल स्थित कोशी लोकमार्गबाट गाँजा बोकेको स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राति ७ बजेतिर विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तीन सय नौ किलो गाँजासहित स्कारपियो गाडी नियन्त्रणमा लिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले सडकमा रोकी राखेको को १ च ७६८९ नम्बरको स्कारपि...
काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निर्यात बढ्यो

काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निर्यात बढ्यो

झापा । काँकडभिट्टा नाकाबाट कृषिजन्य बस्तुको निर्यात बढेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा आयात भन्दा निर्यात बढेको हो । उक्त अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको भने ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ । चार अर्ब ४८ लाखको चिया, एक अर्ब ५५ करोडको अलैँची, एक अर्ब पाँच करोडको प्लाई तथा भेनियर, ३३ करोड ९६ लाखको अम्लिसो, २० करोड ५५ लाखको अदुवा भा...
पथरीशनिश्चरेमा भारतीय ट्रकको ठक्करबाट धरानका राईको मृत्यु

पथरीशनिश्चरेमा भारतीय ट्रकको ठक्करबाट धरानका राईको मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा आज साँझ भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एनएल ०१ एडी ५५११ नम्बरको भारतीय गाडीले प्रदेश १–००२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई साँझ करिब ७ बजे ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक धरान उपमहानगरपालिका–११ का टार्जन राईको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । घटनापछि...
धनकुटामा मोटरसाइकलले मान्छे र कारलाई ठक्कर दियो, चालकको झोला हेर्दा लागुऔषध भेटियो

धनकुटामा मोटरसाइकलले मान्छे र कारलाई ठक्कर दियो, चालकको झोला हेर्दा लागुऔषध भेटियो

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीमा आज साँझ मोटरसाइकलले पैदलयात्री र कारलाई ठक्कर दिएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मोरङबाट धनकुटा आउदै गरेको प्रदेश नं १–०२–०५४ प.६८९७ नम्बरको मोटरसाइकलले साँझ करिब ५ बजे पैदलयात्री सहिदभूमि–१ का ४८ वर्षीय भक्तबहादुर राईलाई ठक्कर दिएको हो । ठक्करबाट राईको दुवै हात र खुट्टामा चोट लागेको छ । स्थानीय क्लिनिकमा उनको उपचार भइरहेको छ । पैदलयात...
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

विराटनगर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ । मानव ओसारपसारमा अधिकारीको संलग्नता नदेखिएको ठहर गर्दै जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको हो । जापान भ्रमण प्रकरणका कारण मन्त्री पदबाट राजिनामा दिएका अधिकारी पार्टीको जिम्बेवारीबाट पनि पदमुक्त भएका थिए । अन्य ११ जनाविरूद...
तमोर नदी किनारमा एक जना मृत भेटिए

तमोर नदी किनारमा एक जना मृत भेटिए

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ याक्चना घाटस्थित तमोर नदी किनारमा आज एक जनाको शव फेला परेको छ । दिउँसो ३ः३० बजे करिब ४५ वर्षीय पुरुषको शव फेला परेको हो । मृतकको पहिचान खुलेको छैन । नदी किनारमा घोप्टो परिरहेको अवस्थामा मानिस फेला परेको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट फलामेटारबाट प्रहरी टोली घटनास्थल गएको थियो । जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी टोली गएर शवलाई पोष्टमार्टमका लागि...
उखु कृषकलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

उखु कृषकलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि एवं प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने बताएका छन् । नेपाल फार्मस एडभाइजरी काउन्सिल प्रालि सिनामङ्गल काठमाडौंद्वारा आज  विराटनगरमा आयोजित उखु खेती प्रवर्द्धनका लागि कृषकहरूको सीपमुलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उखुको उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका ...
विराटनगरमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा वृहत र्‍याली 

विराटनगरमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा वृहत र्‍याली 

विराटनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले वृहत र्‍याली निकालेको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ आजबाट सुरु भएको अभियानको पहिलो दिन वृहत सचेतनामूलक  र्‍याली निकालिएको हो । रेडक्रस चोकबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन चोक, सहिद रङ्गशाला, अस्पताल चोक, ठाकुरबाडी रोड, बुधहाट चोक, ट्राफिक चोक हुँदै ह...
विराटनगरमा भाडाको घरबाट तस्करीको कपडा बरामद

विराटनगरमा भाडाको घरबाट तस्करीको कपडा बरामद

विराटनगर । विराटनगरबाट १० लाख मूल्य बराबरको तस्करीको कपडा बरामद भएको छ । भाडाको घरमा गोदाम बनाएर अवैध रूपमा भन्सार छलेर ल्याइएको कपडा प्रहरीले बरामद गरेको हो । विराटनगर-२ कमल पोखरी टोलमा बद्री ढकालको घरमा कोठा भाडा लिएर विराटनगर-१५ का आनन्द कुमार साहले तस्करीको कपडा राखेको गोप्य सूचना प्रहरीले पाएको थियो । सोही आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले छापा हानेको थियो । कोठाम...
पाख्रीवासमा पेट्रोल बोकेको ट्याङ्कर पल्टियो

पाख्रीवासमा पेट्रोल बोकेको ट्याङ्कर पल्टियो

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–५ स्थित पञ्चेमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएको छ । विराटनगरबाट संखुवासभा जाँदै गरेको ना.४ ख.१५७८ नम्वरको ट्याङ्कर आज बिहान करिब ७ बजे दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भएको छैन । सडकको भित्तामा ट्याङ्कर पल्टिएकाले सडक अवरोध पनि नरहेको प्रहरीले जनाएको छ । ट्याङ्कर पल्टिँदा ठूलो मात्रामा पेट्रोल पोखिएको छ ।
विराटनगरमा कार दुर्घटना हुँदा चार जना घाइते

विराटनगरमा कार दुर्घटना हुँदा चार जना घाइते

विराटनगर । विराटनगरमा आज बिहानको राति कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पिपल चोकबाट कञ्चनबारीतर्फ गइरहेको प्रदेश ०१-०२९ च २२२१ नम्बरको कार आफैँ अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कार चालक विराटनगर-६ का २६ वर्षीय रियाज आलम घाइते भएका छन् । उनको आँखा माथि चोट लागेको प्रहरीले जनाएको छ ।  यस्तै कारमा सवार सोही स्थानका २४ वर्षीय दिलछात आलम, २५ ...
सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु 

सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु 

सुनसरी । सुनसरीको रामधुनी-६ ढेडिगाउँमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्र १-०२-००३ ह १९ नम्बरको सिटी सफारी कच्ची सडकमा आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा सोही स्थानका ५० वर्षीय विनोद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात स्थानीय मेडिकलमा उपचार गरेर घर लगिएकोमा उनी एक्कासि बेहोस भएका थिए । उनलाई थप उपचारका लागि विराट टिचि...
धनकुटामा सुरु भयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

धनकुटामा सुरु भयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

धनकुटा । धनकुटामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘हामी सबैको प्रतिवद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको हो । धनकुटा नगरपालिकाको आयोजना तथा विभिन्न सङ्घसंस्थाहरूको समन्वयमा आज प्रभात फेरी निकालिएको छ । टुँडिखेलबाट सुरु भएको प्रभातफेरी तल्लो कोप्चे, बिहिबारे हटिया, माथिल्लो कोप्चे, भिमनारायण चोक...
मुलघाटको चन्द्रौटे बजार व्यवस्थित बनाइने

मुलघाटको चन्द्रौटे बजार व्यवस्थित बनाइने

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ स्थित चन्द्रौटे बजार क्षेत्रलाई व्यवस्थित बनाइने भएको छ । मुलघाटको पुलसँगै जोडिएको दक्षिणी क्षेत्रको बजारलाई व्यवस्थित गर्न लागिएको हो । सो स्थानमा ३० भन्दा बढी व्यापारीले सडक क्षेत्रमा टहरा बनाएर यात्रुहरुलाई उखु बिक्री गर्ने गरेका छन् । अव्यवस्थित रुपमा रहेको सो क्षेत्रलाई व्यवस्थित गर्न लागिएको साँगुरीगढी गाउँपालिका–१ का वडाध्यक्ष गोविन्द लिम्बूले जा...
सुन्दरहरैँचामा हायसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

सुन्दरहरैँचामा हायसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-५ दुलारीमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा सुन्दरहरैँचा-४ का ४४ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०८...
धनकुटाको सहिदभूमिमा पापानी पर्वको रौनक 

धनकुटाको सहिदभूमिमा पापानी पर्वको रौनक 

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा बसोबास गर्ने राई जातीको पापानी चाड सुरु भएको छ । स्थानीय राई जातीहरूले नयाँ बाली भित्र्याउने खुसियालीमा पापानी चाड मनाउने गर्दछन् । खासगरी सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रका राईहरू यो पर्व मनाउने गर्दछन् । उनीहरूले स्थानीय बाजागाजासहित नाचगान तथा इष्ट देवताको पूजाआराधना गरी यो पर्व मनाउँछन् । कात्तिक शुक्ल पूर्णिमा पछिको आउने मंगलबार देखी सहिदभूमि-...
इटहरीमा पहिचान नखुलेको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु 

इटहरीमा पहिचान नखुलेको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु 

सुनसरी । सुनसरीको इटहरीमा पहिचान नखुलेको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा पतिपत्नीको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको हो ।  आज दिउँसो ११ः५० बजे इटहरी-१७ बालग्राममा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएको ट्राफिक ब्यवस्था कार्यालय इटहरीका प्रहरी उपरीक्षक बिनोद घिम...
अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढी रोक्नुपर्छ : मुख्यमन्त्री कार्की

अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढी रोक्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पूँजीगत खर्च बढाउनु पर्ने बताएका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्नेमा जोड दिए । उनले एकै प्रकृतिका संरचना केन्द्रदेखि पालिकासम्म ...
सुनसरी घर भएका दम्पती सिनामंगलको होटलमा मृत फेला

सुनसरी घर भएका दम्पती सिनामंगलको होटलमा मृत फेला

विराटनगर । सुनसरीको दुहबी घर भएको दम्पती काठमाडौं स्थित सिनामंगलको एक होटलमा मृत भेटिएका छन् । सुनसरी दुहबीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी मृत भेटिएका हुन् । काठमाडौं प्रहरीका अनुसार उनीहरू सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनीहरू हिजो मात्रै क्यानडाबाट फर्किएको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू दुई वर्षपछि हिजो नेपाल फर्किएको पाइएको प...
विराटनगर जेसीजको अध्यक्षमा दाहाल निर्वाचित 

विराटनगर जेसीजको अध्यक्षमा दाहाल निर्वाचित 

विराटनगर । विराटनगर जेसीजको ५२ औं अध्यक्षमा प्रीतेशराज दाहाल निर्वाचित भएका छन् । जेसीजको सचिवालयमा भएको निर्वाचनबाट दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कविराज दाहाल, तालिम निर्देशकमा सुभास भण्डारी, कार्यकारिणी उपाध्यक्षमा शिव शंकर मण्डल र अभिषेक भट्टराई निर्वाचित भए । यस्तै उपाध्यक्षमा अनुज दाहाल, मनोज तिवारी, शिवराज पोखरेल, रिजन सिग्देल र जनसम्पर्क अधिकारीमा अ...
कोशीका मुख्यमन्त्री कार्कीको घर छेउमा भेटियो शंकास्पद वस्तु

कोशीका मुख्यमन्त्री कार्कीको घर छेउमा भेटियो शंकास्पद वस्तु

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घर नजिक शंकास्पद वस्तु भेटिएको छ । झापाको गौरादह नगरपालिका–३ डिपु चोकस्थित मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु भेटिएको हो । झापाका प्रहरी प्रमुख एसपी मिलन केसीका अनुसार तारले बाँधेको दुइ वटा बोतलमा ‘दुर्गा माताकी जय’ लेखिएको भेटिएको छ । त्यहाँ कागजको चिर्कटो पनि छ । मुख्यमन्त्री कार्की आज बिहान घर पुगेका थिए । त्यहाँबाट उनी ब...
उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । पथरीशनिश्चरे नगरपालिका-५ का अन्दाजी ४२ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका-४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र सोही स्थानका २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र ग...
विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट छान्यो तीन खेलाडी

विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट छान्यो तीन खेलाडी

विराटनगर । विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन जना खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका पाँच जिल्लामा भएको ट्यालेन्ट हन्टबाट छानिएका तीन खेलाडीको नाम आज सार्वजनिक गरिएको हो । ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको विराटनगर किंग्सले जनाएको छ । अब अन्तिम चरणको छनोट हुनेछ । जसमध्ये एक जनाले नेपाल प्रिमियर लिग (एनपिएल) मा प्रतिनिधित्व गर्न पाउनेछन् । विराटनगरको ...
उन्नत जातको मकैको बीउ वितरण 

उन्नत जातको मकैको बीउ वितरण 

विराटनगर । विराटनगर महानगरपालिकाले उन्नत जातको बीउ वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा महानगर क्षेत्रका कृषकलाई उन्नत जातको मकैको बीउ (पाइनर जात ३३५५) वितरण गरिएको हो । महानगर क्षेत्रका एक सय ८५ घरधुरीका कृषकलाई १० लाख मूल्य बराबरको ७ सय ६९ केजी को मकैको बिउ वितरण गरिएको कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले बताए । विराटनगर महानगर क्षेत्रभित्र एक हजार तीन सय ७५ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्य...
error: Content is protected !!