
विराटनगर । मोरङको जहदा गाउँपालिका-५ केवरत टोलमा घरनजिकै पोखरीमा एक पुरुषको शव फेला परेको छ । आज बिहान ६० वर्षीय सतन महतोको शव फेला परेको हो ।
प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट शवलाई पोष्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













