प्रेस चौतारीको स्थापना दिवसमा मोरङका तीन पत्रकार सम्मानित
विराटनगर । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङले तीन जना पत्रकारलाई सम्मान गरेको छ । आज कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उनीहरूलाई सम्मान गरेका हुन् ।
१५ हजार राशीको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गरिएको छ । यस्तै विद्यावारिधि गर्ने प्रेस चौतारी मोरङका संस्थापक सचिव डिल्ली पोखरेल र पूर्व ...































