इलामको बसपार्कस्थित एक होटलमा पुरुष मृत फेला
विराटनगर । इलाम नगरपालिका-७ बसपार्कको गजुरमुखी होटलमा एक पुरुष मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ-३ गोपेटारका ३४ वर्षीय डुप्छेन शेर्पा आज बिहान मृत फेला परेका हुन् ।
‘होटलको १०७ नम्बर कोठामा शेर्पा मृत फेला परेको हुन्’, जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी संजिव बोगटीले संगालोखबरसँग भने, ‘१५ दिन अगाडिदेखि होटलमा आएर बसेको देखिन्छ । अनुसन्धान हुँदैछ ।’
घटनास्थलमा पुगेको प्रहरी टोलील...






























