कोशीका २ हजार बढी द्वन्द्वपीडित परिवार अझै न्यायको पर्खाइमा
विराटनगर । नेपाल सरकार र तत्कालीन विद्रोह पक्षबीच विस्तृत शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएको छ । २०६३ मङ्सिर ५ गते शान्ति सम्झौता भएपनि कोशी प्रदेशका दुई हजार ७९ द्वन्द्वपीडित परिवार अझै न्याय पाएका छैनन् ।
विस्तृत शान्ति सम्झौतामा भएको सम्झौता अनुसार ६० दिनभित्र द्वन्द्वमा अपाङ्गता भएका, बलपूर्वक बेपत्ता पारिएका र हत्या गरिएका परिवारका सदस्यलाई जानकारी दिने र उचित न्यायसहित परिपूरणको व्य...




























