संगालोखबर


विराटनगर । विराटनगरकाे एभरेष्ट कलेजले कक्षा ११ मा भर्ना भएका आफ्ना विद्यार्थीलाई स्वागत गरेकाे छ ।

आज आयोजित स्वागत समारोहमा कक्षा १२ का विद्यार्थीहरूले विभिन्न कार्यक्रम गर्दै नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन् ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलपति प्राडा बिजुकुमार थपलीयाले विद्यार्थीहरूको आफ्नै मेहनतले सफलता प्राप्ति हुने बताए । एभरेष्टले उत्कृष्ट शैक्षिक वातावरण बनाएको भन्दै प्राडा थपलियाले विद्यार्थीहरूलाई त्यसको अधिकतम् सदुपयोग गर्न समेत सुझाव दिए ।

उनले पछिल्लो समय समाजिक सञ्जाल र अल्गोरिदमले युवापुस्तालाई अल्मलाइरहेको चर्चा गर्दै क्षणिक लोकप्रियताको पछि नलागी युगौंयुग लोकप्रिय कसरी बन्न सकिन्छ भन्नेमा ध्यान दिन आग्रह गरे।

कलेजका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीको शैक्षिक तथा सर्वाङ्गिण विकासका लागि प्रशासनिक वा व्यवस्थापकीय दृष्टिकोणबाट कुनै कमि हुन नदिने बताए । विगतका नतिजाहरूले पनि एभरेष्टका विद्यार्थी अब्बल रहेको पुष्टि गरिसकेको भन्दै उनले अहिलेका विद्यार्थीहरूले पनि प्रमाणित गर्ने विश्वास ब्यक्त गरे ।

प्रिन्सिपल पुरीले अहिले कुनै एक विद्यालय, एक शहर वा एउटा देशका विद्यार्थीबीचको प्रतिष्पर्धा नभएर विश्वभरका विद्यार्थीहरूबीचको प्रतिष्पर्धाको युग रहेको चर्चा गर्दै विद्यार्थीले पनि सोहि अनुसार आफूलाई तयार गर्नुपर्ने सुझाव दिए ।

उनले अहिलेको जमाना सूचना प्रविधि र एआईको रहेको भन्दै एआईको सदुपयोग गर्न सक्नुपर्ने बताए । उनले शैक्षिक ज्ञानमात्र पर्याप्त नहुने भन्दै सम्बन्धित विषयका अतिरिक्त कुराहरू पनि सिक्न र सिकेका कुरालाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!