धनकुटाका मनोज नारायण : जसले घरमै स्थापना गरे ऐतिहासिक सङ्ग्रहालय
धनकुटा । धनकुटा नगरपालिका-६ स्थित सिरान बजारका मनोज नारायण श्रेष्ठले तीन दशकभन्दा बढी समयदेखि दुर्लभ वस्तु, दस्तावेज र स्मृतिहरू संकलन गर्दै आफ्नै घरमा सङ्ग्रहालय स्थापन गरेका छन् ।
पुराना वस्तुलगायत धनकुटाको सामाजिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक यात्राको जीवित अभिलेखलाई संकलन गरेर सङ्ग्राहालय बनाएका हुन् ।
सहिद भीमनारायण श्रेष्ठका जेठा छोरा मनोज नारायणले सङ्ग्रहालय स्थापना गरेर पुराना सामा...






























