संगालोखबर


विराटनगर । मोरङ र झापामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । हिजो पथरी शनिश्चरे-२ सुनझोडामा टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बागमती प्र ०३-००१ ख २९२८ नम्बरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक पथरी शनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदेम्बे र पछाडी सवार पथरी शनिश्चरे-२ का ४८ वर्षीय प्रितम गौतम गम्भीर घाइते भएका थिए । उनीहरूको मदन भण्डारी तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

टिपर चालक सुन्दरहरैँचा-६ का ३५ वर्षीय सुरेश राईलाई इलाका प्रह्री कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसैगरी झापामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिर्तामोड-२ रामचोकमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशा तर्फ आउँदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर चालक शिवसताक्षी-७ की २२ वर्षीयं रोजी कटुवाल गम्भीर घाइते भएकी थिइन् । उनको बिर्तामोड स्थित बीएण्सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर पछाडि सवार सोही स्थानकी २८ वर्षीय सरिता राउत सामान्य घाइते भएकी छन् । ट्रक चालक अर्जुनधारा-९ का ५२ वर्षीय राजकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ओभरटेकका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!