संगालोखबर


सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१७ खैरेनीबाट गाँजासहित कृषि फर्मका सञ्चालक पक्राउ परेका छन् । सुप्रिम एग्रिकल्चर कृषि फर्मका सञ्चालक धरान-१३ का ४४ वर्षीय मनिराज राई ३०७ किलो गाँजासहित पक्राउ परेका हुन् । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कृषि फर्मबाट गएराति गाँजा बरामद गरेको हो । 

Advertisement

गाँजाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १० वटा प्लाष्टिकको बोरामा लुकाएर राखेको अवस्थामा गाँजा फेला पारेको थियो । 

पक्राउ परेका राईका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!