विराटनगर । दार्चुलामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । आज बिहान मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बर को जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तीर्थालु बोकेको जिप शैल्यशिखर नगरपालिका-६ स्थित सिराडको खोलामा दुर्घटना भएको हो । मृतकहरूको पहिचान खुल्न बाँकी छ । जिपमा अन्य यात्रु पनि भएको आशङ्कामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।