विराटनगर । मोरङको विराटनगर र कटहरीबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । गाँजाको कारोबार भइरहेको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले कटहरी गाउँपालिका-१ का ४१ वर्षीय गोपालकुमार राजवंशीको घरबाट पाँच किलो गाँजा बरामद गरेको छ । घरको कोठाभित्र प्लाष्टिकमा पोको पारेर राखेको गाँजासहित राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै विराटनगर-४ का ६२ वर्षीय सहरुदिन मियाँ घरको आँगनमा प्लाष्टिकले छोपेर राखेको तीन किलो गाँजासहित पक्राउ परेका छन् । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।