विराटनगर । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानमा अवैध रूपमा लगाएको गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अवैध रूपमा लगाइएको र आफैँ उम्रिएका गाँजाका बोट नष्ट गरिएको हो ।
हिजो इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट खटिएको प्रहरी टोलीले सहिदभूमि र साँगुरीगढी गाउँपालिकाको बिभिन्न स्थानमा गाँजाको बोट फडानी गरेको हो ।
उक्त स्थानको ३८ रोपनी क्षेत्रफलमा ३० हजार एक सय गाँजाको बोट फडानी गरी नष्ट गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी भोजपुरमा इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका बिभिन्न स्थानमा गाँजा फडानी गरेको छ ।
उक्त स्थानको २२ रोपनी क्षेत्रफलमा १६ हजार पाँच सय गाँजाको बोट नष्ट गरिएको छ ।