संगालोखबर

धनकुटा । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले अपाङ्गता भएका धनकुटाका १० जना व्यक्तिहरूलाई ह्वीलचियर प्रदान गरेका छन् । एमाले केन्द्रिय सदस्यसमेत रहेका सांसद राईले चौबिसे गाउँपालिकाका छ, पाख्रीवासका दुई तथा सहिदभूमि र धनकुटा नगरका एक/एक जना व्यक्तिलाई ह्वीलचियर दिएका हुन् ।

Advertisement

अपाङ्गता भएका सहिदभूमि-२ का तिर्थभक्त राईलाई सांसद राईले ह्वीलचियरसहित आफ्नो पारिश्रमिकबाट नगद २५ हजार सहयोग पनि गरेका छन् ।

उनले चौबिसेकी कान्छीमाया लिम्बू, देविमाया राई, मिकमायाँ माझी, शान्तकुमारी लिम्बू, कृष्णकुमारी राई र सम्झना विश्वकर्मालाई ह्वीलचियर प्रदान गरेका छन् । धनकुटा नगरका ज्यूबहादुर राई तथा पाख्रीवासका पर्शुराम शर्मा र लक्ष्मीमायाँ थापालाई ह्वीलचियर प्रदान गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई हिँडडुल गर्न सजिलोका लागि ह्वीलचियर प्रदान गरेको सांसद राईको भनाई छ ।

उनका अनुसार सांसद राईले पाख्रीवास-७ स्थित प्रगति सेवा समाजलाई पनि सहयोग गरेका छन् । राज्यमार्फत आफूले पाउने पारिश्रमिकबाट सांसद राईले सो समाजको भवन निर्माणका लागि जग्गा खरिद गर्न एक  लाख नगद प्रदान गरेका हुन् ।

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!