त्रिशूलीमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटियो, खोजी जारी

त्रिशूलीमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटियो, खोजी जारी

चितवन । पहिरोका कारण बससहित त्रिशूली नदीमा बेपत्ता भएका यात्रुमध्ये आज बिहानसम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट, त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन् । गत शुक्रबार पहिरोसँगै दुईवटा बस त्रिशूलीमा खस्दा ६५ जना बेपत्ता भएको अनुमान गरिएको छ । तिनैमध्ये ११ जनाको शव फेला परेको हो । तीनजना भो पौडिएर बाँच्न सफल भएका थिए । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार फेला पर...
कारमा गाँजा ओसार्ने ३ जना पक्राउ

कारमा गाँजा ओसार्ने ३ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीमा एउटा कारभित्र ठूलो परिमाणमा गाँजा भेटिएको छ । बा ६ च ४६८९ नम्बरको कारमा १०२ किलो गाँजा भेटिएको हो । गाँजा ओसारपसारमा संलग्न तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा टोली परिचालन गरी निगरानी गर्ने क्रममा हिजो अपराह्न उक्त स्थानमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । शंका लागेर कारलाई नियन्त्रणमा लिइ प्रहरी टोलीले जाँच गरेको थियो ।...
विराटनगरस्थित तारिणीप्रसाद स्मृति रेडियोबाट अब राजवंशी भाषामा समाचार

विराटनगरस्थित तारिणीप्रसाद स्मृति रेडियोबाट अब राजवंशी भाषामा समाचार

विराटनगर । बहुभाषिक नीतिअनुरूप रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामले महानगर एफएम विराटनगरबाट राजवंशी भाषा समाचार प्रसारण सुरु गरेको छ । आजदेखि सुरु भएको राजवंशी भाषाको समाचार हरेक दिन महानगर एफएममा दिउँसो १ बजेर ४५ मिनेटमा प्रसारण हुनेछ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रसारण सुरु गर्दै यसले भाषा संस्कृतिको विकासमा थप बल पुग्ने बताए । उनले संविधानमा उल्लेख भएअ...
चिट खोसेको निहुँमा विद्यार्थीद्वारा उपप्राध्यापक तामाङ पिटिए

चिट खोसेको निहुँमा विद्यार्थीद्वारा उपप्राध्यापक तामाङ पिटिए

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका शिक्षाशास्त्र संकायका उपप्राध्यापक अर्जुन तामाङ २०८० साउन ४ गतेबाट सञ्चालित स्नातक तह दोस्रो वर्षको परीक्षामा आन्तरिक पर्यवेक्षक थिए । उनले विद्यार्थीले ‘चिट चोरेको’ पाएपछि उत्तरपुस्तिका खोसेर कारबाहीका लागि केन्द्राध्यक्ष समेत रहेका तत्कालीन क्याम्पस प्रमुख डा. बाबुराम तिम्सिनालाई बुझाएका थिए । परीक्षाफल प्रकाशन भएपछि ती विद्यार्थी ‘एक्सफेल्ड’ भ...
खैरो हेरोइनसहित चारजना पक्राउ

खैरो हेरोइनसहित चारजना पक्राउ

विराटनगर । झापा, मोरङ र धनकुटाका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलमा भारतीय नागरिक ३६ वर्षीय बब्लु रायलाई ११ ग्राम ३०० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो । यस्तै, धनकुटाको छिन्ताङस्थित इलाका प्रहरी कार्यालयको टोलीले को ३८ प ६५६७ नम्बर मोटरसाइकलमा सवार सहिदभूमि–२ का २८ वर्षीय हिरालाल राई र २८ वर्ष...
कोशी बन्यो ‘पूर्ण खोप सुनिश्चितता प्रदेश’

कोशी बन्यो ‘पूर्ण खोप सुनिश्चितता प्रदेश’

विराटनगर । कोशीलाई ‘पूर्णखोप सुनिश्चितता प्रदेश’ घोषणा गरिएको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन् । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा भएकोमा खुस...
शुभलक्ष्मी बनिन् ‘मिस कोशी’

शुभलक्ष्मी बनिन् ‘मिस कोशी’

विराटनगर । आठौँ संस्करणको ‘मिस कोशी–२०२४’ प्रतियोगिताको उपाधि सुनसरीको इटहरीकी शुभलक्ष्मी राइले जितेकी छन् । जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजना सुनसरीको धरानमा सम्पन्न प्रतियोगिताको फाइनलमा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधि जितेकी हुन् । उपाधिसँगै उनले १ लाख रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् । धरानकी निशा हङ्मा लिम्बु फर्स्ट रनरअप भइन् भने सेकेण्ड रनरअप झापाकी निगम मोक्तान...
स्टेयरिङको खराबीले ताप्लेजुङको फुङलिङमा सडकबाट खस्यो गाडी

स्टेयरिङको खराबीले ताप्लेजुङको फुङलिङमा सडकबाट खस्यो गाडी

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिका–७ मा आज अपराह्न भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् । तेल्लोकबाट फुङलिङ आइरहेको मे १ ज ३३१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलका अनुसार गाडीको स्टेयरिङको ‘टाइरेट गोली’ भाँचिएर अनियन्त्रित भइ गाडी सडकबाट तल झाडीमा खसेको थियो । दुर्घटनामा सिरिजंघा गाउँपालिका–५ की १८ वर्षीया मुना भट्टराई, ३५ वर्षीया ...
कोशी प्रदेशमा डेंगु संक्रमितको संख्या ३७१

कोशी प्रदेशमा डेंगु संक्रमितको संख्या ३७१

विराटनगर । वर्षा लागेसँगै बढ्ने क्रममा रहेको डेंगु संक्रमणबाट कोशी प्रदेशका ३७१ जना प्रभावित भएका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढी बागमती प्रदेशमा डेंगु संक्रमित भेटिएका छन् । समग्रमा देशभरि गरी पछिल्लो चार दिनयता ६१ जना नयाँ डेंगु सङ्क्रमित थपिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीका अनुसार देशका ७७ जिल्लामध्ये ७३ जिल्लाका गत जनवरीयता हालसम्म कुल १५ सय ४४ ...
हात्तीले झापाको बिर्तामोडका चारवटा घरमा क्षति पुर्याए

हात्तीले झापाको बिर्तामोडका चारवटा घरमा क्षति पुर्याए

झापा । झापाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ । गएराति आएका चारवटा हात्तीले स्थानीय बासिन्दाका चारवटा घरमा क्षति पुर्याएका हुन् । हात्तीले घरमा क्षति पुर्याउँदा तीन लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै अन्नपातसमेत नष्ट गरेको ...
माई नदीको बाढीले झापाको सन्थाल बस्ती जोखिममा

माई नदीको बाढीले झापाको सन्थाल बस्ती जोखिममा

झापा । माई नदीमा आएको बाढीका कारण झापाको झापा गाउँपालिका–२ सुखाबथानको सन्थाल बस्ती जोखिममा परेको छ । माई नदीको कटानले सन्थाल बस्ती तीनपटक स्थानान्तरण भइसकेको छ । सुखाबथानबाट टप्पुसम्मको करिब एक हजार आठ सय मिटर तटबन्ध निर्माण गर्न सकिए सन्थाल बस्तीलाई सुरक्षित राख्न सकिने झापा गाउँपालिका–२ का वडाध्यक्ष हिमालकुमार चम्लागाईँको भनाइ छ । तटबन्ध निर्माण गर्न गाउँपालिका, जनताको तटबन्ध कार्यक्रम, गृह ...
बससहित बगेका ६५ जनामध्ये ५ को शव भेटियो

बससहित बगेका ६५ जनामध्ये ५ को शव भेटियो

विराटनगर । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । तीमध्ये तीनजनाको मात्र परिचय खुलेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । द...
कोशी प्रदेश सरकार पुनर्गठनको तयारी, कांग्रेसबाट मन्त्री थपिने, माओवादी विपक्षमा

कोशी प्रदेश सरकार पुनर्गठनको तयारी, कांग्रेसबाट मन्त्री थपिने, माओवादी विपक्षमा

विराटनगर । केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै कोशी प्रदेशमा सरकारमा पनि फेरबदल हुने भएको छ । केन्द्रमा मुख्य दुई पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसारप्रदेश सरकार पुनर्गठनको तयारी सुरु गरिएको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रबाट सरकार सहभागी भएका मन्त्रीहरुलाई हटाएर कांग्रेसलाई सरकारमा सामेल गराउने तयारी गरेका हुन् । हाल प्रदेश सरकारमा एमाले र म...
गंर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय अध्यक्षमा पुनः बराल

गंर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय अध्यक्षमा पुनः बराल

धनकुटा । धनकुटामा रहेको गंर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयको अध्यक्षमा घनश्याम बराल पुनः निर्वाचित भएका छन् । पुस्तकालयको १३औं वार्षिकोत्सव तथा साधारणसभाले उनको नेतृत्वमा कार्यसमिति गठन गरेको हो । कार्यसमिति उपाध्यक्षमा यज्ञप्रकाश चापागाईं र दामोदर मिश्र, महासचिवमा मुकुन्द प्रयास, कोषाध्यक्षमा सुमना तिम्सिना र सचिवमा रविन्द्र नेपाली छन् । सदस्यमा रमेशबहादुर दाहाल, नोकेन्द्रकुमारी रिजाल, ...
कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । कोशी प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना देखिएको हो । महाशाखाले मौसम बुलेटिन जारी गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । मधेश, कर्णाली र ...
भुक्तानी माग्न जाँदा पाख्रीबास नगर प्रमुखले दुर्व्यवहार गरेको आरोप

भुक्तानी माग्न जाँदा पाख्रीबास नगर प्रमुखले दुर्व्यवहार गरेको आरोप

धनकुटा । जालपादेवी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वृषबहादुर राईले आफूलाई पाख्रीबासका नगरप्रमुख ज्ञानबहादुर गुरुङले दुर्व्यवहार गरेको बताएका छन् । पत्रकार सम्मेलन गर्दै उनले आफूलाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरिएको बताएका हुन् । पाख्रीबास नगरपालिका–४ स्थित जालपादेवी क्याम्पसमा नगरबाट आर्थिक वर्ष ०८०/८१ मा १० लाख रुपैयाँ विनियोजन भएको थियो । सोही अनुसार भएको कामबारे कागजी अभिलेखसहित नगरमा ...
संगठित रुपमा लागुऔषध कारोबार गर्ने ५ जना पक्राउ

संगठित रुपमा लागुऔषध कारोबार गर्ने ५ जना पक्राउ

सुनसरी । धरानबाट ठूलो परिमाण लागूऔषधसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा र धरानका साथै भारतीय नागरिकसमेत छन् । धरानस्थित १७ वर्षीया एक किशोरीको कोठाबाट लागूऔषध बरामद गरिएको छ । पक्राउ पर्नेमा धरान–४ का २६ वर्षीय मदन राई, १९ वर्षीय सचिन राई, धनकुटा–३ कागतेका ४५ वर्षीय चन्द्रध्वज राई र भारतको अररिया जिल्लाअन्तर्गत जोगबनीका २८ वर्षीय रविकुमार सिंह छन् । पक्राउ परेकी किशो...
सुनसरीको श्रीपुरमा दुर्घटनाः एकजनाको मृत्यु ३ घाइते

सुनसरीको श्रीपुरमा दुर्घटनाः एकजनाको मृत्यु ३ घाइते

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा दुईजना मोटरसाइकल जुधेर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुवै मोटरसाइकलका गरी तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार कोशी गाउँपालिका–६ श्रीपुरस्थित सडकमा प्र.१–०४–००१ प ०१०५ नम्बरको मोटरसाइकल र प्र.१–०२–०४१ प ४४९५ नम्बरको मोटरसाइकल गएराति एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा प्र.१–०२–०४१ प ४४९५ नम्बरको मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का प्रकाश भगतको मृ...
धनकुटामा भानुजयन्ती: विभिन्न क्षेत्रमा योगदान दिनेहरू पुरस्कृत

धनकुटामा भानुजयन्ती: विभिन्न क्षेत्रमा योगदान दिनेहरू पुरस्कृत

धनकुटा । २११औं भानु जयन्तीका अवसरमा धनकुटामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्ताकलय धनकुटाले आदिकवि भानुभक्त आचार्यको स्मृतिमा कार्यक्रम आयोजना गरेको हो । त्यस अवसरमा धनकुटा नगरपालिका–५, देवानटारमा रहेको पुस्तकालयले विभिन्न क्षेत्रमा योगदान योगदान दिने ९ जना अग्रज व्यक्तित्वलाई नगदसहित सम्मान गर्यो । कार्यक्रममा दुलव लामिछाने स्मृति छन्द पुरस्कार पाख्रीबास–...
२ करोड ६१ लाखको रुद्राक्ष चीन निर्यात

२ करोड ६१ लाखको रुद्राक्ष चीन निर्यात

विराटनगर । चालू आर्थिक वर्षको ११ महिनामा २ करोड ६१ लाख रुपैयाँ बराबरको रुद्राक्ष चीन निर्यात भएको छ । नेपालबाट चीन, अमेरिका र भारतमा रुद्राक्ष निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार सबैभन्दा धेरै भारततर्फ १ करोड १० लाख रुपैयाँभन्दा बढीको रुद्राक्ष निर्यात भएको तथ्यांक छ । चीनमा ८० लाखभन्दा बढी तथा अमेरिकामा ६० लाख रुपैयाँभन्दा बढीको रुद्राक्ष निर्यात भएको जनाइएको छ । पूर्वी नेपालका संखुवा...
बससहित नदीमा खसेर बेपत्ता भएकामध्ये एकजनाको शव भेटियो

बससहित नदीमा खसेर बेपत्ता भएकामध्ये एकजनाको शव भेटियो

विराटनगर । अविरल वर्षापछि खसेको पहिरोले बगाएको बससँगै त्रिशूली नदीमा बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ । चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा शव फेला परेको हो । प्रहरीका अनुसार नदी किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शवको साथमा केही कागजात भेटिएको छ । ती कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ । काठ...
पाथीभरा जाने तीर्थयात्रीको सुविधाका लागि उपचार केन्द्र

पाथीभरा जाने तीर्थयात्रीको सुविधाका लागि उपचार केन्द्र

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा आउने तीर्थयात्रीलाई सुविधा दिन प्राथमिक उपचार केन्द्र स्थापना गरिएको छ । पाथीभरा जाने बाटोमा पर्ने माथिल्लो फेदी भन्ने स्थानमा भवन निर्माण सम्पन्न भएसँगै केन्द्र स्थापना गरिएको हो । कोशी प्रदेश सरकारको ५० लाख रुपैयाँको लागतमा चारवटा कोठा भएको एक तले भवन बनाइएको छ । यसअघि स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले अस्थायी भवन बनाइदिएका थिए । उनले पाँच व...
बलात्कार आरोपमा खोटाङको जन्तेढुंगाका वृद्ध पक्राउ

बलात्कार आरोपमा खोटाङको जन्तेढुंगाका वृद्ध पक्राउ

खोटाङ । महिलालाई बलात्कार गरेको आरोपमा एकजना वृद्ध पक्राउ परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका ६२ वर्षीय बलवीर राईलाई प्रहरीले पक्राउ गरेको हो । गत असार २६ गते स्थानीय २९ वर्षीया महिलालाई बलात्कार गरेको उजुरी परेका आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरी निरीक्षक राजु निरौलाका अनुसार पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि सदरमुकाम दिक्तेल पठाइएको छ । आरोपी राईलाई पनि जिल्ला प्रहरी का...
चुलोबाट खरानी निकाल्दा सर्पले डसेर मृत्यु

चुलोबाट खरानी निकाल्दा सर्पले डसेर मृत्यु

सिरहा । सिरहाको चोहर्वामा सर्पको डसाइबाट एकजना महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भइ सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको गएराति मृत्युि भएको प्रहरीले जनाएको छ । चुलोबाट खरानी निकाल्ने क्रममा उनलाई सर्पले डसेको थियो । उपचारका लागि सुरुमा जयकाली सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि कर्जन्हास्थित फूलकुमारी महतो...
धमाधम बन्द हुँदै कोशी प्रदेशका सामुदायिक रेडियो स्टेसन

धमाधम बन्द हुँदै कोशी प्रदेशका सामुदायिक रेडियो स्टेसन

धनकुटा । कोशी प्रदेशका पहाडी तथा तराईका विभिन्न जिल्लामा सञ्चालित सामुदायिक रेडियो स्टेसनहरु बन्द हुने क्रम बढेको छ । आर्थिक मन्दीलगायत विभिन्न प्रविधिक कारणले पछिल्लो समय रेडियोहरु बन्द हुने क्रम बढेको हो । जनसमुदायमाझ सहज रुपमा पुग्न सक्ने महत्वपूर्ण र प्रभावकारी माध्यम मानिने सामुदायिक रेडियो स्टेसनहरु धमाधम बन्द हुँदा ठूलो समुदाय सुसूचित हुनबाट वञ्चित हुने अवस्था आएको छ । पछिल्लो तथ्यांकअनु...
दुध उत्पादक किसानको ३२ करोड रुपैयाँ भुक्तानी गर्न मुख्यमन्त्री कार्कीको आग्रह

दुध उत्पादक किसानको ३२ करोड रुपैयाँ भुक्तानी गर्न मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । किसानले दुधको करोडौं रुपैयाँ भुक्तानी नपाइरहेको अवस्थामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चासो देखाएका छन् । विराटनगर दुग्ध वितरण आयोजनाले किसानबाट संकलन गरेको दूधको ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । मुख्यमन्त्री कार्कीले आयोजनाका आज कर्मचारीलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर किसानको रकम भुक्तानीको लागि आग्रह गरेका हुन् । आयोजनाले धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी...
झापामा डेंगु संक्रमितको संख्या १२३ पुग्यो

झापामा डेंगु संक्रमितको संख्या १२३ पुग्यो

झापा । झापामा डेंगु संक्रमितको संख्या १२३ पुगेको छ । काठमाडौंपछि झापामा सबैभन्दा बढी संक्रमित पाइएका हुन् । गत पुस महिनायता देशभरि १ हजार ४८३ जनामा संक्रमण पाइएकामा सबैभन्दा बढी काठमाडैंमा १६५ संक्रमित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पछिल्लो समय संक्रमणको वृद्धिदर पनि तीव्र रहेको महाशाखाले जनाएको छ । असार अन्तिमसम्म आइपुग्दा मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेकका ७३ ...
पहिरोले विस्थापित उदयपुरका १५ परिवारलाई विद्यालयमा सारियो

पहिरोले विस्थापित उदयपुरका १५ परिवारलाई विद्यालयमा सारियो

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ । अविरल वर्षासँगै झरेको पहिरोले उक्त स्थानका चार घर बगाएको थियो । १५ घर उच्च जोखिममा परेका छन् । पहिरोमा घर बगाएर विचल्लीमा परेका तथा जोखिममा परेका परिवारका ४६ जनालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । यसैबीच, पहिरोका कारण अवरुद्ध उदयपुरको गाईघाट...
कोशी प्रदेशका नदी-खोलामा तीन दिनसम्म जलसतह बढ्ने, सतर्कता अपनाउन आग्रह

कोशी प्रदेशका नदी-खोलामा तीन दिनसम्म जलसतह बढ्ने, सतर्कता अपनाउन आग्रह

विराटनगर । अविरल वर्षाका कारण आगामी तीन दिनसम्म कोशी प्रदेशका विभिन्न नदी र खोलामा जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । सप्तकोशी नदीका साथै कन्काई, माई, जोगमाईलगायतका खोलामा पानीको बहाव बढ्ने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू तथा कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती नदीको जलसतह उल...
कुखुरा फार्म सञ्चालकको हत्या आरोपमा दम्पती पक्राउ

कुखुरा फार्म सञ्चालकको हत्या आरोपमा दम्पती पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित कुखुरा फार्मका सञ्चालक ४९ वर्षीय सहदेव बजगाईँको हत्यामा संलग्न रहेको आरोपमा दम्पती पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङ उर्लाबारी नगरपालिका–४ का ३६ वर्षीय सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटी पक्राउ परेका हुन् । दुवैजना बजगाईँकै फार्ममा काम गर्दै आएका थिए । घटनापछि उनीहरु फरार भएका थिए । खोजीका क्रममा प्रहरीले धरानस्थित एक धर्...
विराटनगरको लजमा एकजना व्यवसायी मृत भेटिए

विराटनगरको लजमा एकजना व्यवसायी मृत भेटिए

विराटनगर । मोरङको रतुवामाईका एकजना व्यवसायी विराटनगरको एक होटलमा आज बिहान मृत अवस्थामा भेटिएका छन् । विराटनगर महानगरपालिका–९ स्थित फ्रेन्ड्स कर्नर रेस्टुरेन्ट, बार एण्ड लजमा उनी मृत अवस्थामा भेटिएका हुन् । रंगेलीमा किराना पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय गजेन्द्र साह आज बिहान उक्त लजको २०४ नम्बर कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । हिजो अपरा्हनतिर उनी उक्त लजमा बस्न आएक...
error: Content is protected !!