विराटनगरको गोल्डेन अस्पताल अब आफ्नै भवनबाट सञ्चालन
विराटनगर । विराटनगर–११, जनपथ टोलमा निर्मित गोल्डेन अस्पतालको नयाँ भवन उद्घाटन भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भवनको उद्घाटन गरिएको हो । विराटनगरको हस्पिटल चोकबाट सञ्चालन हुँदै आएको गोल्डेनले अब भने आफ्नै भवनबाट सेवा दिने भएको हो । करिब ४८ करोड लागतमा सुविधासम्पन्न भवन निर्माण गरेको हो । केही समय पुरानो ठाउँबाट पनि सेवा सञ्चालन गरिने अस्पतालका प्रबन्ध निर्...


























