काठमाडौँ उडेको बुद्धको जहाज बीचबाटै विराटनगर फिर्ता, बालकको मृत्यु
विराटनगर । विराटनगर विमानस्थलबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाजमा अभिभावकसँग उपचारका लागि गइरहेका बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी ताराकिरण राईका पाँच वर्षीय छोरा संयोग हाङको मृत्यु भएको हो ।
विराटनगरबाट ५७ जना यात्रु लिएर आज दिउँसो करिब साढे १२ बजेतिर काठमाडौंका लागि उडेको जहाजमा केही बेरपछि बालकलाई श्वासप्रश्वासमा समस्या भएको थियो । यसबारे कर...





























