संगालोखबर सम्वाददाता

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा हिउमा चिप्लिएर लड्दा एक आरोहीको मृत्यु भएको छ । मंगलबार बिहान साढे ६ बजे पहिलो र दोस्रो शिविरको बिचमा पर्ने हिम–दरारमा खस्दा संखुवासभाको सिलिचुङ गाउँपालिका–५ का २८ बर्षीय पेम्बाटासी शेर्पाको मृत्यु भएको हो ।

Advertisement

उनी आरोही सहयोगीका रूपमा गएका थिए । हिउमा चिप्लिएर उनी ३० मिटर गहिरो हिम–दरारमा खसेका थिए । शेर्पाको शव हेलिकप्टरमार्फत गाउँ पठाइएको प्रहरीले जनाएको छ ।

शेर्पाले यसअघि तीनपटक सगरमाथा अरोहण गरेका थिए । उनले एकपटक ल्होत्से, एकपटक मनास्लु र दुईपटक हिमलुङ हिमाल पनि चढेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!