संगालोखबर सम्वाददाता

झापा । झापाको मेचीनगर नगरपालिका–६ बद्री टोलबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सोही स्थानका २६ बर्षीय सुमन दनुवार र दमक ५ की २१ बर्षीया समिता राईलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

शुक्रबार दिउँसो १ बजे ब्राउन सुगर खरिद विक्री बितरण भन्ने सूचना पाएपछि सीमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट प्रहरी टोली सो स्थान पुगेको थियो । संयुक्त प्रहरी टोली उनीहरुलाई लागूऔषध ब्राउन सुगर ५ ग्रामसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!