संगालोखबर सम्बाददाता

मोरङ । मोरङको रंगेलीमा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली नगरपालिका–३ का १९ बर्षीय बिनोद यादव छन् ।

Advertisement

आज बिहान साढे ७ बजे रंगेली नगरपालिका–३ तिलुवा चौकको नहरमा घाँटी काटिएको अवस्थामा २४ बर्षीया अनिता यादव मृत फेला परेकी थिइन् । अनुसन्धानका क्रममा घटनामा उनका देवर विनोदको संलग्नता पाइएकाले उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

देवर–भाउजूबिच मंगलवार साँझ झगडा भएको र सोही कारण बिनोदले राती ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी भाउजूको हत्या गरेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!