संगालोखबर सम्वाददाता

झापा । झापाको कमल गाउँपालिका–३ मा स्कारपियोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा शिवसताक्षी नगरपालिका–१ का ६२ बर्षीय साने दर्जी छन् ।

Advertisement

गएराती पौने ९ बजे कमल–३ सानो केर्खामा प्रदेश ३–०१–०२४ च ४५३५ नंम्बरको स्कारपियो गाडीले दर्जीलाई ठक्कर दिएको थियो । स्कारपियोको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!