रासस

झापा ।  झापाको गौरादह नगरपालिका–४ को एक बिहे घरमा कोरोना संक्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । संक्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार संक्रमित सन्तोषको गए राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख २४ गतेदेखि उनी उपचारत थिए । यसअघि गत वैशाख २३ गते आमा शान्तिदेवीको उपचारका क्रममा मृत्यु भएको थियो । वैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो । विवाह भएको केही दिनमै सन्तोष, उनकी श्रीमती र आमासहित पाँच जनाको पूरै परिवारलाई संक्रमण देखिएको थियो ।

त्यस्तै सन्तोषकी श्रीमतीकोसमेत कोशी कोभिड अस्पतालमा उपचार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । बिहे कार्यमा असावधानी हुँदा ताजपुरिया परिवारमा संक्रमण सरेको हुनसक्ने उनले बताए । योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!