संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताएकी छन् । प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिसँग भएको छलफलका क्रममा मन्त्री राईले प्रदेश १ मा चाँडोभन्दा चाँडो खोप ल्याउने प्रतिबद्धता व्यक्त गरिन् ।

Advertisement

कोरोना संक्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधिहरु सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । छलफलका क्रममा निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले शिक्षकहरुका लागि खोपको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका छन् । उनले सँधै विद्यालय बन्द गरेर राख्ने अवस्था नरहेको भन्दै वैकल्पिक विधिबाट शिक्षालाई अगाडि बढाइने बताए । हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल र मोरङ अध्यक्ष राजेश कार्कीले प्रदेश सरकारले खोपलाई प्राथमिकता दिन आग्रह गर्दै स्वास्थ्यमा केन्द्रित रहेर कार्यक्रम अघि बढाउन आवस्यक रहेको बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य तथा सत्यनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलले प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालन गरेका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको भन्दै उनले भौतिक पूर्वाधारमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!