संगालोखबर सम्वाददाता

मोरङ । विरामीका आफन्तलाई झुक्याएर औषधिको बढी मुल्य लिई ठगी गर्ने विराटनगरका एक फार्मेसी सञ्चालक पक्राउ परेका छन् । सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर भई विराटनगर–३ स्थित विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी सञ्चालन गर्दै आएका २२ बर्षीय रविन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

महतोले सिरहा बरियारपट्टी गाउँपालिका–३ का ४५ बर्षीय राम नारायण मुखियालाई बैशाख २५ गतेदेखि ३० गतेसम्म फार्मेसीबाट औषधि बिक्री गरेका थिए । सो क्रममा उनले २ वटा खाता बनाई एउटा खातामा औषधिको बास्तविक मुल्य लेख्ने र अर्को खातामा बढि मुल्य लेखी ग्राहकलाई बढि मुल्य लेखिएको खाता देखाई औषधिको बढि मुल्य लिएको प्रहरीले जनाएको छ ।

विरामी पक्षलाई ठगि गरेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले महतोलाई फार्मेसीबाटै पक्राउ गरेको हो । उनले यसअघि गरेका गतिबिधिको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विरामी अस्पतालमा भर्ना भएका बेला पटक–पटक औषधि चाहिरहने हुँदा फार्मेसीहरुले खातामा रेकर्ड राखी विरामीका आफन्तलाई वाँकीमा औषधि दिने गर्छन् ।

विरामी अस्पतालबाट डिस्चार्ज हुँने वेलामा सोही रेकर्डका आधारमा एकैपटक औषधिको शुल्क तिर्ने चलन छ । तर, सोही क्रममा फार्मेसी सञ्चालक महतोले झुक्याएर बढी रकम लिएको पाइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!