विराटनगर । उदयपुर र सोलुखुम्बुका दुई छुट्टा–छुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा उदयपुरको कटारी नगरपालिका–८ मरुवाखानीका २९ बर्षीया गीता बि.क. र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ का २८ बर्षीय सिताराम बस्नेत छन् ।
बुधवार साँझ ६ बजे मरुवाखानीको जंगलमा गीता घाँस काट्न गएकी थिइन् । घाँस काट्ने क्रममा भीरबाट लड्दा घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
त्यस्तै स्थानीय उत्तिसे भीरबाट लडेर सितारामको मृत्यु भएको हो । बुधवार दिउँसो गाई बस्तु चराउन गएका स्थानीयले बस्नेतलाई भीरमुनी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय सोताङबाट टोली घटनास्थल गएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।