काठमाडौँ । लमजुङलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ । बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
लमजुङसहित छिमेकी जिल्लाहरु तनहुँ, गोरखा, कास्कीसहित राजधानी काठमाडौंमा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पमा लमजुङका केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् ।