संगालोखबर सम्वाददाता

विराटनगर। विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, धनकुटामा ४६, इलाममा २७, तेह्रथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा ४, भोजपुर र पाँचथरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा महिला ११४ र १८५ पुरुषसहित २९९, सुन्दरहरैंचामा ३८, लेटाङमा ३७, रतुवामाईमा १९, सुनबर्षी र कानेपोखरीमा १२–१२, कटहरीमा ११, बेलबारीमा ९, उर्लाबारीमा ६, पथरीशनिश्चरेमा ४, रंगेली र जहदामा ३–३, मिक्लाजुङ, धनपालथान, केराबारी, ग्रामथान र बुढीगंगामा २–२, स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको धरानमा १०६, इटहरीमा १००, बर्जुमा ३५, इनरुवामा २८, गढीमा ९, दुहवीमा ८, देवानगञ्जमा ५, बराहक्षेत्र, भोक्राहानरसिंह ४–४, हरिनगर र कोशी गाउँपालिकामा २–२, रामधुनीमा १ र स्थानीय तह नखुलेका ५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
यता, झापाको विर्तामोडमा ७१, भद्रपुरमा ४६, दमकमा २९, कनकाईमा २५, अर्जुनधारामा २०, मेचीनगरमा १८, हल्दिबारीमा १५, बुद्धशान्तिमा १२, शिवसताक्षी र कचनकवलमा ७–७, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ४–४, गौरीगञ्ज र गौरादहमा २–२, बाह्रदशी र झापा गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।

त्यस्तैगरी धनकुटाको धनकुटा नगरपालिकामा २६, छथर जोरपाटीमा १५, महालक्ष्मी, शहिदभूमी र पाख्रिवासमा १–१ र स्थानीय तह नखुलेका २, तेह्रथुमको आठराईमा २६, इलामको इलाम नगरपालिकामा २४, चुलाचुली, माईजोगमाई र फाकफोकथुम १–१, उदयपुरको कटारीमा १६, चौदण्डीगढी र त्रियुगामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको फुङलिङमा ३ र श्रीजंगामा १, भोजपुरको हतुवागढी र भोजपुरमा १–१, पाँचथरको हिलिहाङ र फिदिममा १–१, खोटाङको बराहपोखरीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४६ हजार ५६९ पुगेको छ । जसमध्ये ३१ हजार ३४८ संक्रमणमुक्त भएका छन् । आज २८८ जना संक्रमणमुक्त छन् । सक्रिय संक्रमितको संख्या १४ हजार ५४१ पुगेको छ । प्रदेश १ मा आज २ हजार ४५४ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ५०० महिला र ७०६ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!