धनकुटा । धनकुटाका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा २६ जनाको पीसीआर परीक्षण गर्दा बिहिबार साँझ ६ पुरुष र ४ महिलाको रिपोर्ट पोजिटिभ आएको हो ।
धनकुटा नगरपालिकाका ८ जना तथा सहिदभूमि गाउँपालिका र पाख्रीवास नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । धनकुटा नगरपालिका–४ का ६१ बर्षीय पुरुष, ४३ बर्षीया महिला, धनकुटा–५ का ५२, २१ बर्षीय पुरुष, ४४ बर्षीया महिला, धनकुटा–६ का ६८ बर्षीय पुरुष, २८ र ७४ बर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, सहिदभूमि गाउँपालिका–३ का ३० बर्षीय पुरुष र पाख्रीवास नगरपालिका–७ का ४३ बर्षीय पुरुषमा संक्रमण देखिएको जिल्ला अस्पतालले जनाएको छ ।