संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २/२, पाँचथर र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार झापाको दमकमा ८५, विर्तामोडमा ३७, बुद्धशान्तिमा ३२, कनकाईमा २९, भद्रपुरमा २५, अर्जुनधारामा २३, मेचीनगरमा १२, कमल गाउँपालिकामा ९, गौरादहमा ६, शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, बाह्रदशीमा ३, हल्दिबारी र झापा गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको हो । त्यस्तै मोरङको विराटनगरमा १६४, बेलबारीमा २२, केराबारीमा १५, पथरीशनिश्चरेमा १२, बुढीगंगामा १०, उर्लाबारीमा ५, जहदामा ४, ग्रामथान, धनपालथान र सुन्दरहरैचामा २/२, रंगेली, सुनबर्षी, मिक्लाजुङ, कानेपोखरी, कटहरी र स्थानीय तह नखुलेका १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।
यता, सुनसरीको धरानमा ८०, इटहरीमा ३५, इनरुवामा १०, दुहवीमा ६, देवानगञ्ज र बराहक्षेत्रमा ५/५, बर्जुमा ४, रामधुनी, हरिनगर, भोक्राहानरसिंह, गढी र स्थानीय तह नखुलेका ३/३ जनामा संक्रमित थपिएका छन् । त्यसैगरी संखुवासभाको खाँदबारीमा ३१, चैनपुरमा १९, सभापोखरीमा ३, सिलिचोङमा २ र धर्मदेवीमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ४६ र स्थानीय तह नखुलेका १, इलामको फाकफोकथुममा १५, इलाम नगरपालिकामा १३, रोङ र चुलाचुलीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा १३, पाख्रिबासमा ३, छथर जोरपाटी र महालक्ष्मीमा १/१, सोलुखुम्वुको सोलुदुधकुण्डमा १०, महाकुलुङ र थुलुङ दुधकोशीमा २/२, माप्य दुधकोशी र खम्वु पासाङल्हामुमा १/१, उदयपुरको त्रियुगामा ४, बेलका र स्थानीय तह नखुलेका १/१, ओखलढुङ्गाको चिशंखुगढी र भोजपुरको षडानन्दमा २/२, पाँचथरको फिदिम १, तेह्रथुमको आठराईमा १ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५० हजार ४६८ पुगेको छ । जसमध्ये ३२ हजार २६६ जना संक्रमणमुक्त भएका छन् । आज २५७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १७ हजार ४५६ पुगेको छ । प्रदेश १ मा आज २ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ३५३ महिला र ५३५ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!