विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६७३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७/७, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ७५ महिला र १०१ पुरुषसहित १७६, बेलबारीमा ३३, सुन्दरहरैचामा २७, रतुवामाईमा १७, केराबारीमा १४, कटहरीमा ९, जहदा र बुढीगंगामा ६/६, सुनबर्षी र ग्रामथानमा ४/४, धनपालथानमा ३, रंगेली र स्थानीय तह नखुलेका २/२, पथरीशनिश्चरे, उर्लाबारी र मिक्लाजुङमा १–१ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीको धरानमा ६३, इनरुवामा ४१, इटहरीमा ३०, दुहवीमा ८, बराहक्षेत्रमा ६, बर्जुमा ५, रामधुनीमा ३, देवानगञ्जमा २ र स्थानीय तह नखुलेका ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
यता, झापाको कमल गाउँपालिकामा २९, दमकमा १८, गौरीगञ्ज, गौरादह र स्थानीय तह नखुलेका ४/४, शिवसताक्षी र भद्रपुरमा १/१ जनामा संक्रमित भएका छन् । त्यसैगरी धनकुटाको शहिदभूमिमा १९, धनकुटा नगरपालिकामा १३, साँघुरीगढीमा ९, महालक्ष्मीमा २, पाख्रीवासमा १, उदयपुरको त्रियुगामा १८, उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको षडानन्दमा १२, पौवादुङ्मा २, अरुणमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ । संखुवासभाको सभापोखरीमा ११, खाँदबारी र स्थानीय तह नखुलेका १/१, इलामको माईजोगमाईमा १०, इलाम नगरपालिका र चुलाचुलीमा १/१, पाँचथरको मिक्लाजुङमा ७, ताप्लेजुङको मेरिङदेनमा ६ र स्थानीय तह नखुलेका १, तेह्रथुमको लालीगुराँसमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४८ हजार ५४१ पुगेको छ । जसमध्ये ३१ हजार ७९२ संक्रमणमुक्त भएका छन् । आज २१९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार २१ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४११ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये २८४ महिला र ३८९ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।