संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा बुधबार साँझ थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा ८३ जनाको पीसीआर परीक्षण गर्दा २५ पुरुष र १९ महिलाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै वुधवार एकैदिन धनकुटामा थपिएका कोरोना संक्रमितको संख्या १२८ पुगेको छ । जिल्लाको दैनिक संक्रमण संख्यामा यो हालसम्मकै उच्च हो ।

Advertisement

साँझ आएको पीसीआर रिपोर्ट अनुसार सहिदभूमि गाउँपालिकामा १९, धनकुटा नगरपालिकामा १३, साँगुरीगढी गाउँपालिकामा ९, महालक्ष्मी नगरपालिकामा २ र पाख्रीवास नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । सहिदभूमी गाउँपालिकाको एउटै वडाका २२ जनामा संक्रमण पुष्टि भएको छ । सहिदभूमि–२ का ३१, ४०, ३९, ३१, २७ र २३ बर्षीया महिला, ३५, ३८, ३३, ४५, ४६, ३५, ३८, ३५, ५, ४२, ३०, ४५ र ३७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनकुटा नगरपालिका–१ का ३८ बर्षीय पुरुष, धनकुटा–३ का ३० र २८ बर्षीय पुरुष, धनकुटा–४ का ४८ बर्षीया महिला, ५० र ५२ बर्षीय पुरुष, धनकुटा–५ का ४५ बर्षीय पुरुष, २५, ११ र ४५ बर्षीया महिला, धनकुटा–६ का ३४, ६४ बर्षीया महिला र धनकुटा–७ का ५६ बर्षीया महिलामा संक्रमण देखिएको छ । साँगुरीगढी गाउँपालिका–५ का ५५, ५२, २१ र २४ बर्षीया महिला, ८१, ३८, ५८, ६४ र ३० बर्षीय पुरुष संक्रमित भएका छन् । महालक्ष्मी नगरपालिका–५ का ४३ बर्षीय पुरुष र ३८ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । पाख्रीवास नगरपालिका–७ का ५६ बर्षीया महिलाको रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पतालले जनाएको छ ।

यसअघि वुधवार बिहान पनि ८४ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै धनकुटामा ७५ पुरुष र ५३ महिला गरी एकैदिन १२८ जनामा संक्रमण पुष्टि भएको हो । बिहान आएको पीसीआर रिपोर्ट अनुसार छथर जोरपाटी गाउँपालिकामा २६, चौविसे गाउँपालिकामा २२, महालक्ष्मी नगरपालिकामा १८, धनकुटा नगरपालिकामा १२, पाख्रीवास नगरपालिकामा ५ र साँगुरीगढी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो पनि हेर्नुहोस्…

धनकुटामा थपिए ८४ कोरोना संक्रमित, एउटै वडाका २५ जनामा संक्रमण पुष्टि

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!