संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा बुधबार थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा १६३ जनाको पीसीआर परीक्षण गर्दा ५० पुरुष र ३४ महिलाको रिपोर्ट पोजिटिभ आएको हो । छथर जोरपाटी गाउँपालिकामा २६, चौविसे गाउँपालिकामा २२, महालक्ष्मी नगरपालिकामा १८, धनकुटा नगरपालिकामा १२, पाख्रीवास नगरपालिकामा ५ र साँगुरीगढी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए ।

Advertisement

छथर जोरपाटी गाउँपालिकाको एउटै वडाका २५ जनामा संक्रमण पुष्टि भएको छ । छथर जोरपाटी–३ का ३५ बर्षीया महिला, छथर जोरपाटी–६ का २०, ४०, २०, ६, २२, ३७, ६८, २५, २६, ३१, २८, ४८, ४५ र २९ बर्षीय पुरुष, ४५, १२, ३८, ३६, ५५, २६, २१, २२, २६, ४१ र ५३ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । चौबिसे गाउँपालिका–१ का ३२, ४६, ४०, ५२, ३६, ५४, २८ र ५४ बर्षीय पुरुष, ४७, ५८ र ६० बर्षीया महिला, चोविसे–५ का २७ बर्षीया महिला, चौविसे–६ का ३३, २३, ३६, ७५, ४१ र २२ बर्षीय पुरुष, २८ र १७ बर्षीया महिला, चौविसे–७ का ४९ बर्षीय पुरुष र ८५ बर्षीया महिलाको रिपोर्ट पोजिटिभ आएको हो ।

महालक्ष्मी नगरपालिका–१ का ६०, ७५, ५४, ५५, २१, १८, ३६, ६६, ६०, ४६ र २३ बर्षीय पुरुष, ६९, ५५, ४७, ६६, ३९, २० र २२ बर्षीया महिलामा संक्रमण देखिएको छ । त्यस्तै, धनकुटा नगरपालिका–३ का ५९ बर्षीया महिला, धनकुटा–४ का ४० बर्षीया महिला, धनकुटा–५ का ३० र ४० बर्षीया महिला, ४०, ६२, २५ र ३८ बर्षीय पुरुष, धनकुटा–६ का २४ बर्षीया महिला, धनकुटा–७ का ३०, २२ बर्षीय पुरुष र धनकुटा–१० का ५२ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

पाख्रीवास नगरपालिका–४ का ५० बर्षीया महिला, ४३, १४, ४५ बर्षीय पुरुष र पाख्रीवास–९ का ५२ बर्षीया महिलामा संक्रमित भएका छन् । यता, साँगुरीगढी गाउँपालिका–४ का २५ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!