विराटनगर । प्रदेश १ मा विगत २४ घण्टाको अवधिमा १०३९ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार ५८६ जनाको पीसीआर परीक्षण गर्दा ४२४ महिला र ६१५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, तेह्रथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ८२ महिला र ७१ पुरुष सहित १५३, रंगेलीमा ४२, सुन्दरहरैचामा ३७, रतुवामाईमा २२, उर्लाबारीमा १९, बेलबारीमा ११, पथरीशनिश्चरे र कानेपोखरीमा १०–१०, बुढीगंगामा ७, ग्रामथान र कटहरीमा ४–४, जहदामा ३, मिक्लाजुङ र सुनबर्षीमा २–२, धनपालथान, केराबारी, लेटाङ र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
झापाको विर्तामोडमा ४४, भद्रपुरमा ४३, दमकमा ३४, अर्जुनधारा र मेचीनगरमा २५–२५, कनकाईमा १८, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १०–१०, बुद्धशान्तिमा ९, हल्दिबारीमा ७, शिवसताक्षी र कचनकवलमा ५–५, बाह्रदशीमा ३, गौरादह र झापा गाउँपालिकामा २–२ जना संक्रमित थपिएका छन् । सुनसरीको धरानमा ६३, इटहरीमा ३७, देवानगञ्जमा २३, इनरुवामा १९, दुहवीमा १०, रामधुनीमा ७, बराहक्षेत्रमा ४, गढी र बर्जुमा ३–३, हरिनगर र कोशी गाउँपालिकामा २–२ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरी इलामको इलाम नगरपाकिलामा २१, मोइजोगमाईमा १५, रोङमा १३, सुर्योदयमा १० र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४३, पाथीभरा याङवरकमा ७, स्थानीय तह नखुलेका १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ३२, पाँचथरको फिदिममा २४, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङलुङमा २५, आठराईमा २ जना संक्रमित भेटिएका छन् ।
धनकुटाको धनकुटा नगरपालिकामा ९, सहिदभूमि, पाख्रीवास, छथर जोरपाटी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संखुवासभाको चैनपुरमा ७ र खाँदबारीमा २, उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिका, साल्पासिलिछो र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ का ल्याबमा गरिएको परीक्षणमा प्रदेश १ बाहिर ठेगाना भएका ६१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४९ हजार ५८० पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार ८३६ पुगेको छ ।