संगालोखबर सम्वाददाता

धनकुटा । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी जवान दिपक खड्का बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । ट्राफिक प्रहरी खड्काले गरेको कार्य सम्पादनको मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालयले उनलाई बैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।

Advertisement

प्रहरी जवान खड्काले विभागिय मूल्य मान्यता बमोजिम आदेश, निर्देशनको पालना गरी व्यवसायिक लगनशिल र कर्तव्यनिष्ठ भई दिइएको पदिय दायित्व अनुशासित ढंगले सम्पादन गरेकाले उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोबिन्द अधिकारीले जनाएका छन् । ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनिकरणका लागि सचेतनामूलक कार्यमा खटेर सवारी चालक, सवार यात्रु र आम सडक प्रयोगकर्ताहरुलाई सचेतना अभिबृद्धि गर्ने अभियानमा खड्का सक्रिय छन् ।

उनले सिर्जनशील कार्यमा भूमिका निर्वाह गर्नुका साथै नागरिक मैत्री प्रहरी सेवा प्रवाह गरेर समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाई प्रहरीको व्यवसायिक छवि उच्च बनाउने कार्य गरेको जिल्ला प्रहरी कार्यालयको ठहर छ । यता, उत्कृष्ट घोषित भएका ट्राफिक प्रहरी खड्काले कामको उचित मूल्यांकन गरेर उत्कृष्ट घोषणा गरेको प्रति जिल्ला प्रहरी कार्यालयलाई आभार प्रकट गर्दै यसले कार्य सम्पादनमा थप हौसला र जिम्मेवारी थपेको प्रतिक्रिया दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्नका लागि जिल्लामा कार्यरत एक/एक जना प्रहरीलाई हरेक महिना ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!