संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–१ रातमाटेमा आफैले चलाएको भरुवा बन्दुक लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ४७ बर्षीय सुर्य बहादुर खत्री छन् ।

मंगलवार साँझ करिव साँढे ५ बजे खत्रीले छिमेकीको गोठमा गएर भरुवा बन्दुक चलाएका थिए । बन्दुक चलाउँदा पेटमा लागेर उनी घाइते भएका थिए ।

Advertisement

घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी चौकी प्याउलीबाट खटिएको टोलीले उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर पठाएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!