संगालोखबर सम्बाददाता
फायल तस्बीर

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भई हाल धरान–१३ मा डेरा गरी बस्ने ५० बर्षीय काले बहादुर तामाङ, २० बर्षीय अभिषेक खड्का, २१ बर्षीय मौषम नेपाली र ३९ बर्षीया मुना तामाङ छन् ।

विशेष सूचनाका आधारमा गएराती पौने १२ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका चारै जनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!