संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

झापा । झापाको बुद्धशान्ति गाँउपालिका–३ स्थित मेची राजमार्गमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ३८ बर्षीया शान्त सुब्बा छिन् ।

गएरातीे दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०१–०१३ प ४४९८ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ च ७८३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट मोटरसाइकल चालक ४२ बर्षीया कविता लिम्बु र पछाडि सवार सुब्बा घाइते भएका थिए । बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा सुब्बाको मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बु उपचाररत छिन् ।

Advertisement

पिकअप र चालक पाँचथरको हिलिहाङ गाउँपालिका–६ का हर्क यावालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!