संगालोखबर सम्बाददाता

तेह्रथुम । तेह्रथुममा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुँनेमा आठराई गाउँपालिका–६ चुहानडाँडा फुङसेङकी १० वर्षीया मीना कन्दङ्वा छिन् ।

Advertisement

शुक्रबार साँझ बालिकाका छिमेकी स्थानीय ललिता थोप्राको घरमा चट्याङ पर्दा उनको मृत्यु भएको हो । पूजामा गएकी बालिका चट्याङ पर्दा गंभीर घाइते भएकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल पाँचथर फिदिमतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर घाइते भएका अन्य तीन जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!