संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ स्थित हिलेपानी नजिकै भँडारेखोलामा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

सोलुखुम्बुबाट विराटनगर हिडेको बा १७ च १०९४ नम्बरको जिप बिहान करिव ९ बजे दुर्घटना भएको हो । जिपमा सवारी चालकबाहेक ८ जना प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरीका अनुसार जिप सडकदेखि करिव सय मिटर तल खसेको छ ।

Advertisement

दुर्घटनामा प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिष राजवंशीको मृत्यु भएको छ । त्यस्तै प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी वरिष्ठ नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल, जवान रूपक विष्ट र चालक लीलाप्रसाद खनाल घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जनसेवा अस्पताल घुर्मी र आस्था अस्पताल उदयपुरमा घाइतेहरुको उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!