संगालोखबर सम्वाददाता
फायल तस्बीर

मोरङ । मोरङको बुढिगंगा गाउँपालिका–२ टंकीसिनवारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा ईटहरी–१९ खनारका २२ बर्षीय अनिस कार्की छन् ।

गएराती साढे ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा कार्की गंभीर घाइते भएका थिए । उपचारका लागि उनलाई बिराट मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा राती पौने १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

सोही मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!